काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुग्नुभएको छ ।
सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवासँग लिखित सहमति गर्नुभएका ओली मंगबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन र मार्ग प्रशस्तका लागि आग्रह गर्न ओली बालुवाटार पुगेको बताइएको छ ।
यसअघि प्रधानमन्त्री र ओलीबीच सोमबार पनि भेटघाट भएको थियो । उक्त भेटमा प्रचण्डले ओलीलाई अहिलेकै गठबन्धनलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । कांग्रेस र एमालेले पनि पदाधिकारी बैठक डाकेका छन् । यस्तै संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक पनि बस्दै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच