बलात्कार आरोपमा एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

रामेछाप । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप नगरपालिका-८ बाबियाखर्क बस्ने ३७ वर्षीय भुपेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले ती बालिकालाई सोही ठाउँस्थित गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामेछाप डाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?