काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने पक्षमा हुनुहुन्छ ।
काँग्रेस–एमालेबीच नयाँ सत्ता समिकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले संसदको सामना गरेर विश्वासको मत दिने धारणा राख्नुभएको हो । यसैबीच बदलिँदो राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्री राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानुभएको छ ।
यता बैठकमा पार्टी नेताहरुले पनि एक मतले त्यसै गलेर छोड्ने भन्दा लोकतान्त्रिक प्रक्रिया अनुसार संसदमा विश्वासको मत लिएर अघि बढ्न पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए ।
संसद फेस गरेर विश्वासको मत लिने गरेर अघि बढ्ने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनुभएको र पार्टीको तर्फबाट पनि सबै नेताहरुले एकमतले विश्वासको मतको सामना गर्न र त्यसका लागि विभिन्न पक्षहरुसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, काँग्रेस र एमालेसँग पनि अहिले सहमती भएपनि विभिन्न पक्षहरुसँग कुराकानी गर्ने र अगाडि बढ्ने भन्ने निर्णय भएको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो । माओवादी केन्द्रका नेताहरुले दुई दलबीच सरकार बनाउने सहमती गर्ने र त्यसपछि राष्ट्रिय सहमतीको सरकार बनाउने भन्नेकुरा राजनीतिक रुपले गलत भएकाले त्यसको प्रतिवाद गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिएका थिए ।
त्यसैले गरी बैठकले काँग्रेस–एमाले सत्ता समिकरणले संविधान संशोधन गर्ने सहमती गरेर २०४७ सालको संविधान व्यूत्याउने षडयन्त्र गरेको जिकिर गर्दै आपत्ति समेत जनाएको छ ।
सचिव पौडेलले भन्नुभयो, ‘अब खासगरी प्रधानमन्त्रीसँग पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षले हिजो ४ घण्टा एकथरी कुरा गर्नु भयो । बेलुका अर्कोथरी सहमती भयो । जस्ताको तस्तै भनिदिएको भए हुन्थ्यो । अहिलेको बहालवाला सम्माननीय प्रधानमन्त्री बसिरहनु पर्छ भन्ने केही थिएन । यदि सहमती हो भने जस्तोको तस्तै भन्नुस भनेर २ दिनसम्म उहाँले लगातार भन्नु भयो । उहाँले केही पनि भएको छैन, हामी मिलेर जाने हो । हामी त धेरै परसम्म मिलेर जाने हो भनिरहेको स्थितिमा अब राति जो प्रकारको सहमती भयो । त्यो सहमतीको एक प्रकारको राजनीतिमा एकातिर एक थोक भन्ने, अर्कोतिर अर्कोथोक गर्ने कुरा भएको सहजै अनुमान गर्न सकिन्छ । अव प्रधानमन्त्रीले के गर्ने त भन्दा अब प्रधानमन्त्रीले गलेर छोडने कुरा भएन । गणित सो गर्न जाने, संसद फेस गर्ने र संसद फेस गरेर विश्वासको मत लिने गरेर अघि बढने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनु भएको छ । हामीले पार्टीको तर्फबाट पनि सबैले एकमतले विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षहरुसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, काँग्रेस सँग पनि र स्वयं एमालेका अहिले सहमती भएपनि विभिन्न पक्षहरुसँग कुराकानी गर्ने र अगाडि बढ्ने भन्ने कुरा भएको छ । एकातिर एउटा सहमती गर्ने, अर्कोतिर आज बिहान आएर राष्ट्रिय सहमतीको सरकार बनाऔं भनेर दुई पार्टीले सहमती गरिसकेर अरु पक्षसँग राष्ट्रिय सहमतीको सरकार बनाऔं भनेर मिल्छ र ? जे हो त्यही भन्नुपर्दथ्यो नि । त्यसकारणले तुरुपलाई एउटा फाल्ने, काम चाँही अर्को गर्ने जे भएको छ । यो चाँही षडयन्त्र हो । यसको चाँही प्रतिवाद गर्ने भन्ने कुरा भएको छ । जसले प्रतिनिधिसभामा बहुमत सिद्ध गर्न सक्छ, उसैको सरकार हुन्छ । त्यो घुक्र्याउने भन्दा पनि लोकतन्त्रलाई संस्थागत गर्नको निम्ति हामी पहल गर्छांै । र जुन कुरा बाहिर सार्वजनिक भएको छ खासगरी संविधान संशोधन गर्नेकुरा । के विषयमा संविधान संशोधन हो ? के आवश्यकता प¥यो ? के खडेरी प¥यो, देशका के संकट पैदा भयो ? त्यो विषय बुझन बाँकि नै छ । कतै २०४७ सालको संविधान ब्युँत्याउने षडयन्त्र त छैन ? यो विषयमा गम्भिर प्रश्न उठेको छ । यो विषयमा पनि हामीले विभिन्न पक्षहरुसँग कुरा गर्ने भनेका छौँ । ’
बैठकमा नेताहरुले काँग्रेस, एमालेका केही नेताहरुसँग छलफल गरेर विश्वासको मत लिन सम्पूर्ण शक्ति परिचालन गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच