हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले बाख्रा वितरण गरेको छ । सिमकोट गाउँपालिका–२ ठेहे गाउँका ६ जना किसानलाई मङ्गलबार स्थानीय जातका बाख्रा वितरण गरिएको हो । ६ जना किसानलाई स्थानीय जातका ४२ वटा बाख्रा वितरण गरिएको गाउँपालिका पशुशाखा पशु प्राविधकि विष्णु बहादुर बुमीले जानकारी दिनुभयो । बुमीका अनुसार, प्रति किसानलाई ७ बाख्राका दरले वितरण गरिएको बताउनुभयो । केही समय अगाडी पशुशाखाले खोलेको विज्ञानमा आवेदन दिएका मध्ये छनोट गरी मङ्गलबार वितरण गरिएको बुमीले जानकारी दिनुभयो ।
सत्तहरी प्रतिशत गाउँपालिका पशुशाखाको अनुदानमा र तीस प्रतिशत स्वयम् किसानले व्यहोरेर उनीहरुलाई बाख्रा वितरण गरिएको हो । पशुशाखाले किसानलाई बाख्रा वितरणका लागि रु पाँच लाख खर्च गरेको जानकारी प्राप्त भएको छ । यस्तै उनिहरुलाई बाख्रा सहित त्रीपाल, रेङकोट, गुम्बोट लगायतका वर्षायाममा आवश्यक पर्ने सामग्री समेत वितरण गरेको बुमीले बताउनुभयो । मङ्गलबार वितरण गरिएका बाख्राको गाउँपालिका पशु बीमा समेत निःशुल्क गरिदिएको बताइएको छ ।
अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बाख्रापालन सजिलो पेशा भएको हुँदा राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह समेत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच