वासिङ्टन डिसी । उरुग्वे र पानामा कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार बिहान भएको खेलमा उरुग्वेले अमेरिका र पानामाले बेलेभियालाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् ।
स्टार खेलाडी लुइस सुवारेजबिनै मैदान उत्रिएको उरुग्वेले अमेरिकाविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा भने उरुग्वेले निर्णायक गोल गरेको हो ।
खेलको ६६औँ मिनेटमा उरुग्वेका मेथिएस ओलिभेराले गोल गर्दै अग्रता दिलाउनुभएको थियो । सोही अग्रता अन्तिम समयसम्म कायमै राख्दै उरुग्वेले समूह चरणमा शतप्रतिशत जितका साथ अन्तिम आठमा स्थान पक्का गर्न सफल भयो । उरुग्वेको तीन खेलबाट नौ अंक भएको छ । घरेलु टोली अमेरिका भने कोपाबाट बाहिरिएको छ ।
यही समूह ‘सी’बाट पानामाले अन्तिम आठमा स्थान पक्का गरेको छ । बोलिभियालाई ३-१ गोल अन्तरले पराजित गर्दै पानामाले अन्तिम आठमा स्थान बनाएको हो । पानामाले २२औँ मिनेटमा जोसे फाजाडोको गोलमा अग्रता लिएको थियो । ६९औँ मिनेटमा बोलिभियाले बु्रनो मिरान्डाको गोलमा खेल बराबरी गरेको थियो ।
तर, ७९औँ मिनेटमा एडुवार्डो गुरेरोले गोल गरेपछि पानामाले २-१ को अग्रता बनाएको थियो । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा सिजर अगुस्ट एनेसले गोल गरेपछि पानामा अन्ततः ३-१ को जित पक्का गर्न सफल भयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच