![जोखिम मोलेर नदीले बगाएर ल्याएका काठ दाउरा निकाल्दै स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/kathadaura-khola.jpg)
इलाम । जिल्ला प्रशासन कार्यालय इलामले ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको शुभारम्भ गरेको छ ।
बुधबार एक कार्यक्रम आयोजना गरि उक्त सेवाको प्रारम्भ गरिएको हो । कार्यालयमा आउने सेवा ग्राहीलाई लक्षित गर्दै ज्येष्ठ नागरिकलाई स्वास्थ्य पहुँच विस्तार गर्न यो कार्यक्रमको सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल इलाम र जिल्ला प्रशासन इलामको समन्वयमा कार्यालय समयमा स्वस्थकर्मीहरुले जेष्ठ नागरिकहरुको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाई लगायतका परिक्षण गरिने छ भने केही निशुल्क औषधि समेत बितरण गरिने इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताउनुभयो ।
यस्तै स्वास्थ्यमा समस्या देखिएका ज्येष्ठ नागरिकलाई थप उपचारका लागि अस्पतालसम्म पुर्याउन समन्वय समेत गरिने व्यवस्था मिलाईएको बताईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच