झापा । झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकाका तीन घरमा चोरी गर्ने गिरोहका छ जनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कमल गाउँपालिकाका तीन, अर्जुनधारा नगरपालिकाका दुई र मेचीनगर नगरपालिकाको एकजना भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताउनुभयो ।
पक्राउ पर्नेमा चोरीका मुख्य योजनाकार कमल गाउँपालिका ३ का २२ वर्षीय सुश्मन थापा, २७ वर्षीय कृष्ण थापा , ४३ वर्षीय अर्जुन विश्वकर्मा र नितेश बराइली छन् । अर्जुन र नितेश पाथीभरा ज्वलर्सका सञ्चालक हुन् ।
त्यसैगरी प्रतीक्षा भेराईटीका सञ्चालक मेचीनगर १० का ४० वर्षीय सुरेशकुमार दास, अर्जुनधारा ११ गिरीबन्धु टिस्टेटका कामदार ५१ वर्षीय सुनिल राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले इलाम रोङ गाउँपालिका ५ स्थायी घर भई हाल झापा अर्जुनधारा ११ बस्ने दुर्गादेवी श्रेष्ठ, स्टाफचोक बस्ने उमा श्रेष्ठ र बिर्तामोड नगरपालिका ५ नयाँ नमुनाटोलकि गंगा काफ्ले पौडेलको घरमा चोरी गरेका थिए ।
श्रेष्ठद्वयको घरमा जेठ १८ र पौडेलको घरमा २१ गते चोरी भएको थियो । मिलेमतोमा उनीहरूले सुनहरु औठी, सिक्री र ब्रास्लेट चोरी गरेका थिए । चाँदीका गरगहना पनि उनीहरूले चोरी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरू चोरी गर्ने, चोरीका सामान खरिद गर्ने र ग्राहक खोज्नेहरु हुन् । उनीहरूलाई संगठित चोरी कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच