काठमाडौं । मिलन चाम्स निर्देशित चलचित्र ‘वर एण्ड वधु’ भदौ १४ मा सिनेमाघरमा आउने भएको छ । निर्माणटिमले चलचित्रको पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मिति सार्वजनिक गरेको हो ।
सार्वजनिक पोष्टरमा अभिनेत्री आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यलाई स्थान दिइएको छ । चलचित्रमा आँचल र विवेकसँगै गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, सीता न्यौपाने, सुरवीर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।
जानुका थापाको लगानी रहेको चलचित्रको कार्यकारी निर्माता अमित रिजाल हुनुहुन्छ । एलआरके प्रोडक्शनको व्यारनमा निर्माण भएको चलचित्रमा सुदीप बरालको छायांकन, हिमाल केसीको एक्सन छ । चलचित्रलाई नेपाल र रोमानियामा छायांकन गरिएको हो । चलचित्रको यतिबेला पोष्ट प्रोडक्शनको काम भइरहेको निर्देशक चाम्सले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच