✍️ कृष्णप्रसाद सुवेदी
आज हामी २१औं शताब्दीको उत्तर आधुनिक युगमा छौं । त्यो कुरा हामीलाई महसुस हुनु र नहुनुले फरक पार्दैन । बाईसे-चौबीसे राज्यदेखि जहानिया राणा शासन र पञ्चायतदेखि गणतन्त्रसम्म जनतालाई सर्वेसर्वा बनाउने कार्य भएको छैन तर शासकहरूले जनतामाथि नै शासन गर्दछन् । एउटा निश्चित समयमा मात्र जनता जनार्दन भन्ने थेगो नै भइसकेको छ । जनता त्यतिबेला आवश्यक पर्छ जतिबेला शासकलाई आफ्नो कुर्सी बचाउनुपर्छ । छोटे राजाहरूले पनि जनताको भागबण्डा लगाएर शासन गरे, आफ्नो कुर्सी बचाए । राणा शासनमा पनि जनतामाथि नै शासन गरियो । मर्ने पनि जनता भए र मारिने पनि जनता भए ।
जनताविना कुनै पनि सरकार र देशको परिकल्पना गर्न सकिँदैन तर शासकहरूलाई जनताको वास्तविक मूल्य र मान्यता थाहा हुँदैन । उनीहरू सत्ता र कुर्सीभन्दा अर्को कुनै देख्नै सक्तैनन् । हामी कुन शताब्दीमा हिँडिरहेका छौं, त्यो हामीलाई नै थाहा छैन । थाहा यतिमात्रै छ बिहान–बेलुकाको गर्जो कसरी टार्ने । अनि शासकहरूलाई सत्ताको कुर्सी कसरी जोगाउन सकिन्छ । पन्ध्रौं, सोह्रौं शताब्दीमा मानिसहरूलाई दास बनाउनका लागि अफ्रिकाबाट अमेरिका लगिने गरिन्थ्यो । अफ्रिकी पुरुष, महिला र बालबच्चाहरूलाई अन्य युरोपियन मुलुकहरूलाई बेच्नका लागि ओसारपसार गरिन्थ्यो । १९औं शताब्दीसम्म आइपुग्दा झण्डै एक करोड पचास लाख बढी अफ्रिकीहरू दासका लागि खरिदबिक्री भइसकेका थिए ।
नेतालाई चिल्ला र मीठा भाषण गर्न आउँछ, झुठ बोल्न आउँछ, जनतालाई शोषण गरेर पैसा कमाउन आउँछ तर जनताको घरको चुलो बलेको छ कि छैन भनेर हेर्न आउँदैन । हामी संसारकै धनी मुलुक भए पनि सुनको कचौरामा भिख मागिरहेका छौं ।
हामी लगभग त्यही अवस्थामा छौं । २०४७ देखि हालसम्म कम्तीमा ६० लाख नागरिकहरूलाई संसारभरि दास बनाउन ओसारपसार गरिएको छ । हामी प्राकृतिक र अन्य हिसाबले संसारमा धनी छौं, हालसम्म स्वतन्त्र नै छौं । कसैको निगाहामा बाँचेका छैनौँ । कसैका सामु हाम्रो स्वाभिमान गुमेको छैन तर हाम्रै राजनीतिक दलहरूले त्यो बुभ्mन सकेनन् र उनीहरूले विगतदेखि हालसम्म जनतामाथि शासन गरिरहेका छन् । शासकको कुर्सी हल्लिदा मात्रै जनताको नाम लिने गरिन्छ तर जनताको कुनै मूल्य छैन यहाँ । पाइला पाइला र हरेक बाहनामा नागरिकहरू सुक्रीबिक्री भइरहेका छन् । आपूm बिक्री भएको स्वयं जनतालाई थाहा छैन ।
नेतालाई चिल्ला र मीठा भाषण गर्न आउँछ, झुठ बोल्न आउँछ, जनतालाई शोषण गरेर पैसा कमाउन आउँछ तर जनताको घरको चुलो बलेको छ कि छैन भनेर हेर्न आउँदैन । हामी संसारकै धनी मुलुक भए पनि सुनको कचौरामा भिख मागिरहेका छौं । यो भनाइ पुरानो हो तर समय सान्दर्भिक नै छ । बाईसे चौबीसे छोटे राजा, राणाहरू, पञ्चायत र बहुदल अनि यो गणतन्त्रसम्म जनतामाथि नै शासन गरिएको छ । यो धु्रवसत्य कुरा हो । शासकहरू फुत्त कतैबाट झरेर शासन गरेका होइनन् । जनतामाथि शासन गर्न जनताले नै पठाएका हुन् तर शासकहरूले सत्ता र शक्तिको कुर्सीमा पुगेपछि आपूm आएको ठाउँ र धरातल नै बिर्सिदिन्छन् । आफ्नो धरातल बिर्सिएपछि जनतालाई सम्बोधन गर्ने कुनै कसर बाँकी रहेन । अधिकांश नेपालीहरू बिहान बेलुकाको गर्जो टार्नमै व्यस्त छौं । यो तीतो यथार्थलाई हामी कसैले भुल्नु र फुर्ति लगाउनु हुँदैन । नेपालीहरूको वास्तविक जीवनशैली यही नै हो ।
केही प्रतिशत नेपालीहरूमात्र बिहान-बेलुकाको गर्जो टार्ने समस्यामा नहोलान् तर त्यो कूल जनसंख्याको प्रतिशतको थोरै भागमात्र हुन आउँछ । धनी यति धेरै धनी र सम्पन्न छन् कि एउटै घरमा परिवारका हरेक सदस्यको आआफ्नो गाडी र सवारीसाधन छ । गरिब यति गरिब छन् कि जसले भोकलाई पटुकाले बाधेर हिँड्नुपर्ने अवस्था छ । भलै सामाजिक मान, सम्मान र लाजले उनीहरू आफ्नो भित्री पीडा कसैसँग पोख्न सक्तैनन् । एउटा परिवारमा एउटा गाडी भए पुग्नेमा दर्जनौं गाडी पार्किङ गरेर राखिएको हुन्छ । तिनको घरको कुकुरको भोजनमा बिहान बेलुका मासु हुन्छ । तर गरिबको परिवारमा पेटभरी खान पुग्ने अनाज हुँदैन ।
हाम्रो संस्कार, परम्परा, जातजाति र धर्मले खडा गरेको विश्वासको त्यान्द्रो चुँडिएको छ । गाँस, बास र कपास हरेक नागरिकको अधिकारको कुरा हो । राज्य या शासकले नागरिकका ती अति आवश्यक कुराहरू पूरा गर्नुपर्छ । अन्यथा राज्य र शासकविहीन अवस्थको सिर्जना हुन्छ ।
हामी ठूला कुरा गर्छौं, अरूका अगाडि सम्पन्नताको कुरा गर्छौं तर आफ्नै वास्तविकता लुकाइरहेका हुन्छौं । जनताले बनाएका ठूलाबडा आउँदा हामी सम्पन्न जसरी सरसफाई, झकिझकाऊ गरेर देखाउँछौँ । ऋण काडेरै भए पनि मिष्ठान्न भोजन गराउँछौं हामी जनता उनीहरू हामीले नै बनाएका शासक र नेता, उद्योगी र व्यापारी । किनकि हामी उनीहरूको आँखामा सम्पन्न भएको देखाउँन चाहन्छौं । विदेशी पाहुना आए भने रातारात बिग्रेका सडक मर्मत गर्छौं, बोटबिरुवा रोपेर हरियाली भर्छाैं केवल उनीहरूलाई देखाउनमात्र । त्यो विकासका लागि खर्चिएको धन होइन, देखाउनका लागि खर्चिएको ढुकुटीको सम्पत्ति हो । त्यसैले शासकले हामीलाई सम्पन्न देख्छन्, विदेशीले धनी देख्छन् । हामीलाई हाम्रो वास्तविक धरातल लुकाएर अरूका अगाडि सम्पन्न देखिनु छ ।
२०७४ सम्म हाम्रो उत्पादन पनि थियो । विदेशी ऋण जम्मा ६ खर्ब थियो अहिले २०८१ सम्म आइपुग्दा जनताको टाउकोमा २४ खर्ब ऋण पुगेको छ । विकासको नाममा खेतबारीमा सिस्नो र वनमासे छ । भएका सबै युवा, युवती विदेश पलायन भएका छन् । यहाँ शासकले बुढाबूढी, अपांगता भएका, रोगले ग्रस्त र कम उमेरका नागरिकमाथि शासन गरिरहेका छन् । २०४७ को संविधानले धर्म निरपेक्षताको कल्पना गरेको थिएन । विश्वमा एउटामात्रै हिन्दु राष्ट्र भनेर चिनिन्थ्यो नेपाल । अहिले घरघरमा तीन-चारवटा धर्म मान्ने चलन आएको छ । क्रिश्चियनलगायतका विदेशी धर्म विभिन्न आवरणमा आयत भएका छन् ।
एउटै परिवारमा श्रीमान्ले रातो टीका लगाउँछ, श्रीमती र छोराछोरीहरू क्रिश्चियन धर्म मान्दछन् । धर्मको विवादले घरायसी झैझगडा बढेको छ । हाम्रो संस्कार देखेर पश्चिमाहरू अत्तालिएका थिए । हाम्रो संयुक्त परिवार, सातौं पुस्तादेखि मिलेर बसेको उनीहरूले देख्न सकेका थिएनन् । हाम्रो आर्थिक विकासको धरातल देखेर उनीहरूले विभिन्न संघसंस्था र छिद्रबाट छिरेर गरिबीको फाइदा उठाउँदै प्रत्येक घरपरिवारमा द्वन्द्व, विवाद, झैझगडाको बिउ रोपिदिएका छन् । हामी त्यही बिउको फल वा दाना खाएर फुर्ति लगाउँछौं ।
हाम्रो संस्कार, परम्परा, जातजाति र धर्मले खडा गरेको विश्वासको त्यान्द्रो चुँडिएको छ । हामी त्यसैमा रमाइरहेका छौँ । गाँस, बास र कपास हरेक नागरिकको अधिकारको कुरा हो । राज्य या शासकले नागरिकका ती अति आवश्यक कुराहरू पूरा गर्नुपर्छ । अन्यथा राज्य र शासकविहीन अवस्थको सृजना हुन्छ । शिक्षा र स्वास्थ्य त धेरै परको कुरा हो । गाँस, बास र कपास नै नभएपछि मानिसले कसरी रचनात्मक काम गर्न सक्छ ? उसको जीवन छाक टार्नमै सीमित हुन्छ । वाद र विकासको नाममा पुर्खाले बनाएका संरचनाहरू तोडफोड र भत्काउँदै हिँड्छौं । रिस उठ्यो भने आफ्नै घरमा आगो लगाएर न्यानो खोज्छौं । त्यो नागरिकका लागि नभएर शासकका लागि हो ।
यो उत्तर आधुनिक शताब्दी (पोस्ट मोर्डनिजम) हो । हामी गाँस, बास र कपासमै अल्झिएका छौं । विश्वका विकसित मुलुकहरूले मंगल ग्रहदेखि चन्द्र ग्रहमा मानिसको बसोवास खोजिरहेका छन् । हामी दुई छाक गर्जो टार्ने उपाय खोजिरहेका छौं । हिजो हाम्रो देशबाट धान, गहुँ, कोदो, मकै लगायत अन्न निर्यात हुन्थ्यो । अहिले हामी आफ्नै नागरिक निर्यात गर्छौं र खाद्यान्नलगायत अत्यावश्यक सामानहरू आयात गर्छौं । संसारभरि हाम्रो पहिचान यसरी नै उभिएको छ । हामीभन्दा कम विकसित मुलुकहरू धेरै सम्पन्न भइसकेका छन् भने हामी विपन्नताको ओरालोमा छौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच