स्थानीय तहलाई सुशासनमा अब्बल बनाउन अभिमुखीकरण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । स्थानीय तहलाई सुशासनमा अब्बल बनाउन अभिमुखीकरण गरिएको छ । सेवाप्रवाहमा प्रभावकारीता ल्याउने उद्देश्यसहित स्थानीय तहमा सुशासन प्रवर्द्धनका लागि धुर्कोट गाउँपालिका र भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले अभिमुखीकरणसँगै अन्तरक्रियासमेत गरेको छ ।

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले गाउँपालिकाको सुशासनको अवस्थाको बारेमा जानकारी गराउनुहुँदै यहाँको बेरुजुको अवस्था, सुशासन कायम गर्नका लागि पालिकाले गरेका कामको बारेमा बताउनुभयो । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष पदमप्रसाद पाण्डेले सुशासन प्रवर्द्धन र भ्रष्ट्राचार नियन्त्रणमा सरोकारवालाहरुको भूमिकाका बिषयमा जानकारी गराउनुभयो ।

उहाँले बेरुजुको अवस्था, स्थानीय तहमा मुद्धाको अवस्था, महालेखा परीक्षकको कार्यालयले धुर्कोटलाई दिएको सुझाव, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, दिवा खाजा लगायतका बिषयमा आफ्नो प्रस्तुतिसमेत राख्नुभयो । ठुला योजनाको सामाजिक परीक्षण गर्नुपर्ने, सार्वजनिक सुनुवाईलाई थप प्रभावकारी बनाउनुपर्ने, पालिकाहरुले विधि बनाएर मात्र काम गर्नुपर्नेलगायतका बिषयमा अध्यक्ष पाण्डेले बताउनुभयो ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भ्रष्टाचार न्यूनिकरणका लागि सरोकारवालाहरुको भूमिकाको बिषयमा स्पष्ट पार्दै स्थानीय तहमा हुने भ्रष्टाचार न्यूनिकरण गर्न जरुरी रहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले यहाँबाट हुने सेवा प्रवाहका क्रममा कुनै पनि लेनदेन नहुने भन्दै सुशासन प्रवर्द्धनमा आफुहरु गम्भिर रहेको बताउनुभयो । पालिकामा सुशासन कायम गर्न जनप्रतिनिधि तथा कर्मचारीको ऐक्यबद्धता रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?