काठमाडौं । सामसुङ नेपालले नेपालमा प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस २३ एफ ई ल्याएको छ । युवा पुस्ताका ग्यालेक्सी प्रयोगकर्तालाई सामसुङको उच्चकोटिको अनुभव प्रदान गर्न निर्माण गरिएको ग्यालेक्सी एस २३ एफ ई सर्वश्रेष्ठ विशेषताका साथ पूर्णरूपमा सुसज्जित रहेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार सबैभन्दा भव्य एफ ई संस्करणका रूपमा ग्यालेक्सी एस २३ एफ ईमा प्रतिष्ठित र दिगो डिजाइन, एड्भान्स्ड कार्यसम्पादन, अत्याधुनिक क्यामेराका साथै त्यसभन्दा अझ धेरै विशेषता समेटिएका छन् ।
सर्वश्रेष्ठ धातु र सिसाबाट बनाइएको ग्यालेक्सी एस २३ एफ ईले प्रमुख स्टाइलिस बनावट र स्पर्शलाई प्रतिबिम्बित गर्छ । यसमा प्रो-ग्रेड क्यामेराका विशेषता रहेका छन् । जसले असाधारण व्यापकतासाथ भिडियो र फोटो खिच्छ, जुन हालसम्मकै सबैभन्दा ठूलो क्यामरा हो ।
पछाडि प्रमुख ग्रेडको ५० एमपी (डब्लु) र १२ एमपी (युडब्लु) र आठ एमपी (ओआइएस) युक्त तीन गुणा ठूलो अप्टिकल जुमसहितको क्यामेरा जडान गरिएको छ । धेरै समय चल्ने २५ वाटको एडप्टरसाथ ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने ४५०० एमएएच ब्याट्री रहेको छ ।
आठ जिबी र्याम र दुई सय ५६ जिबी स्टोरेजमा उपलब्ध ग्यालेक्सी एस २३ एफ ईको मूल्य ८५ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । सामसुङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक चार हजार तीन सय किस्तामा पनि खरिद गर्न सकिनेछ । कम्पनीले एक वर्षका लागि एकपटकको ब्रेकेज बिमा प्रदान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच