![विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/Prachanda-News.jpg)
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर भएको रिटमा न्यायाधीशद्वय बीच राय बाझिएको छ ।
सर्बोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा दुवै पक्षको बहस सकिएसँगै आदेश दिने क्रममा राय बाझिएपछि साे मुद्दा अनिर्णित भएको छ ।
दुई न्यायाधीसमा राय बाझिएपछि अब तीन न्यायाधीशको पूर्ण इजलासले सुनुवाइ गर्नुपर्ने हुन्छ ।
मंगलबार र बुधबार दुई दिनमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ राखिएको मुद्दामा बिहीबार जवाफी बहस सकिएसँगै आदेश आउनुपर्ने थियो । तर दुई न्यायाधीशबीच राय बाझिएपछि अब यो मुद्दा अर्को इजलासबाट टुंगो लगाइने छ ।
अधिवक्ता अनुप भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको मागसहित गत जेठ १४ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच