![तनहुँको पहिरोले पुरिएका तीनै जनाको शव भेटियो](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/tanahu-pahiro-1.jpg)
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले दिएको समर्थन फिर्ता लिइएको छ । नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थत फिर्ता लिएको बताउनुभयो । उहाँले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको बताउनुभयो ।
मुख्यमन्त्री सोडारी धनगढीमा नभएकाले फोनमार्फत जानकारी गराइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले मुख्यमन्त्रीज्यूलाई दिएको समर्थत फिर्ता लिएका छौ। आजका मितिबाट लागु हुने गरेर पत्र पठाएका हाैँ। मुख्यमन्त्री कार्यालय र सचिवालयमा दर्ता भएको छ । मुख्यमन्त्रीज्यूलाई फोनबाट जानकारी गराएका छौँ । ’
नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकार सहभागी ३ जना मन्त्रीले राजीनामा दिएका छन् । एमालेबाट आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, वन, वातावरण तथा सहकारी मन्त्रालय वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले राजीनाको पत्र पठाउनु भएको हो । उहाँहरु मन्त्री नियुक्त भएको एक महिना पनि पुगेको छैन । जेठ २८ गते मन्त्री नियुक्त हुनुभएका उहाँहरुमध्ये पाललाई मात्रै मन्त्रालय तोकिएको थियो । त्यसबेला बिनाविभागीय मन्त्री नियुक्त हुनुभएका थापा र सार्कीलाई असार १६ गते विभागीय जिम्मेवारी तोकिएको थियो । अर्थात् थापा र सार्की ४ दिनमात्रै विभागीय मन्त्री बन्नुभयो ।
एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ समूह) र एक जना स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एमालेका ११, माओवादीका ११, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र १ जना स्वतन्त्र सांसदले जेठ ३ गते विश्वासको मत दिएका थिए ।
एकीकृत समाजवादीको महाधिवेशनका लागि मुख्यमन्त्री सोडारी सङ्घीय राजधानीमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच