![लागूपदार्थविरुद्ध दौड प्रतियोगिता हुने](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/hope-fandution-daud-partiyogita.jpg)
क्यानबेरा । अष्ट्रेलियाले अफगानिस्तानसँग कुनै पनि द्विपक्षीय क्रिकेट नखेल्ने बताएको छ । तालिवान सरकारको महिला अधिकारप्रतिको अडानका कारण अष्ट्रेलियाले अफगानिस्तानसँग तीनपटक द्विपक्षीय शृंखला खेल्न अस्वीकार गरेको क्रिक इन्फोले जनाएको छ । महिला र बालिकाको मानव अधिकारमा उल्लेखनीय ह्रास आएको भन्दै अष्ट्रेलियाले अफगानिस्तानसँग द्विपक्षीय क्रिकेट नखेल्ने बताएको हो ।
क्रिकेट अष्ट्रेलिया (सिए)का प्रमुख कार्यकारी निक होकले यस विषयमा अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी)सँग नियमित संवाद जारी रहेको र भविष्यमा अफगानिस्तानबीच फेरि द्विपक्षीय क्रिकेट खेलाइने अपेक्षा गरिएको बताएका छन् । ‘अफगानिस्तानका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । द्विपक्षीय खेलहरूका सन्दर्भमा हामीले सरोकारवालाहरू (अष्ट्रेलियाली सरकार)सँग व्यापक रूपमा परामर्श गरेका छौँ र मानव अधिकारका आधारमा अफगानिस्तान क्रिकेट बोर्डसँग केही शृंखलाहरू स्थगित गर्ने निर्णय गरेका छौं ।’
गत महिना भएको ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानले अष्ट्रेलियालाई हराएपछि अष्ट्रेलियाका खेलाडी उस्मान ख्वाजाले सिएको अडान ठीक नभएको बताउनुभएको थियो । अफगानिस्तानका कप्तान राशिद खानले पनि खेलपछिको अवस्थाबारे टिप्पणी गर्दै भन्नुभएको थियो, ‘हामी यो समस्या समाधानका लागि केही गर्न सक्छौँ भन्ने मेरो चाहना छ ।’ सन् २०२० मा तालिवानले कब्जा गर्नुअघि एसिबीले अनुबन्ध गरेका १७ जना अफगान महिला खेलाडीले सोमबार आइसिसीलाई पत्र लेख्दै अष्ट्रेलियामा शरणार्थी टोली बनाउन सहयोग मागेका थिए । एसिबीको ब्यानर वा अफगानिस्तानको राष्ट्रिय टोलीको ब्यानरमा खेल्नुको साटो अष्ट्रेलियामा रहेको इस्ट एसियन क्रिकेट अफिसले आफ्नो क्याम्प सञ्चालन गरोस् भन्ने टोली चाहन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच