![कलाकार संघ र सिल्भरलाइन हस्पिटलबीच स्वास्थ्य सम्झौता](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/kalakar-Sang-1.jpg)
✍️ अधिवक्ता यज्ञराज पाण्डे
विषय प्रवेश
एसइईको परीक्षा उत्तीर्ण गरेपछि सामाजिक विज्ञानका विषयहरू पढ्नेहरूको संख्या घट्दो क्रममा छ । रोजगार र आत्मनिर्भरतामा हाम्रा विषयहरू केन्द्रित नभएपछि १२ कक्षा पास गरेर उच्च शिक्षा एवं कामका लागि विदेशमा जाने प्रवृत्ति बढेसँगै एसइई पछि के पढ्ने भनेर खासै चासोको विषय बन्दैन । जुन विषय अध्ययन गरेर कक्षा १२ पास गरेपछि विदेश जान सजिलो हुन्छ त्यही विषय नै अध्ययन गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । त्यसैले विषय छनोट गरिरहनु नपर्ने अवसथा सृजना भएको छ । विज्ञान र व्यवस्थापन अध्ययन गरेपछि विदेश जान पनि सजिलो र आम रूपमा सबैले पढिरहेको विषय पनि भएकाले धेरै सोच्नु पनि नपर्ने गरी अधिकांश विद्यार्थीहरूको रोजाइ विज्ञान वा व्यवस्थापन हुने गरेको छ ।
साथै समाजले बनाएको एउटा मानक पनि के छ भने जसले राम्रो अंक ल्याउँछ त्यसले विज्ञान र व्यवस्थापन विषय पढ्ने र कम अंक ल्याएकाहरूले अन्य विषयको अध्ययन गर्ने अवस्था सृजना भएको छ । मूल रूपमा समाजको पहिलो रोजाइ बन्नुपर्ने विषय विद्यार्थीको अन्तिम छनोट भइरहेको छ । तर, आफूले प्राप्त गरेको नम्बरका आधारमा के पढ्ने भनेर विषय रोज्ने यो ज्यादै गलत, परम्परागत र अवैज्ञानिक शैली हो । यसबाट धेरै विद्यार्थीहरूको क्षमता पहिचान र अभिवृद्धिमा ठूलो चुनौती खडा गरेको छ । विद्यार्थीको रुचिलाई मारेको छ ।
समाजले बनाएको एउटा मानक पनि के छ भने जसले राम्रो अंक ल्याउँछ त्यसले विज्ञान र व्यवस्थापन विषय पढ्ने र कम अंक ल्याएकाहरूले अन्य विषयको अध्ययन गर्ने अवस्था सृजना भएको छ । मूल रूपमा समाजको पहिलो रोजाइ बन्नुपर्ने विषय विद्यार्थीको अन्तिम छनोट भइरहेको छ । तर, आफूले प्राप्त गरेको नम्बरका आधारमा के पढ्ने भनेर विषय रोज्ने यो ज्यादै गलत, परम्परागत र अवैज्ञानिक शैली हो ।
उच्च शिक्षामा के पढ्ने भन्ने कुराले मानिसको जीवनलाई दीर्घकालसम्म पनि ठूलो असर पारिरहेको हुन्छ । यो उमेरका विद्यार्थीले लिने ज्ञानले उनीहरूको जीवनमा दीर्घकालसम्म पनि असर पार्दछ । त्यसैले पनि यो उमेरका विद्यार्थीले पढ्ने विषयले पनि उनीहरूको मस्तिष्कको विकास कतिसम्म हुन सक्छ र त्यसले भावी दिनमा विद्यार्थीको तर्कशक्ति कस्तो बन्दछ भनेर निक्र्योल गर्दछ । यो उमेर समूहका विद्यार्थीमा देखापर्ने जैविक परिवर्तनका कुराहरूको छुट्टै विश्लेषणको विषय बन्छ तर यो लेखमा मूलतः एसइईपछिका उमेर समूहका विद्यार्थीमा आउने सोच तथा तार्किक क्षमताको परिवर्तन र त्यही समयमा आवश्यक पर्ने शैक्षिक विषयहरूको ज्ञानले जीवनमै पार्ने प्रभावका बारेमा चर्चा गर्न खोजिएको छ । अझ कानुन विषय एक्काईसौँ शताब्दीका लागि कत्तिको अनिवार्य र आवश्यक हो भन्ने कुरामाथि छलफल गर्न खोजिएको छ ।
१८ वर्षलाई वयस्कको मान्यता
सामान्यतः १८ वर्ष पुगेपछि वयस्क उमेर सुरु भएको मानिन्छ । अथवा यो उमेरमा पुगेपछि अब कोही नाबालिग रहँदैन भन्ने मान्यता राखिन्छ । बालबालिकासम्बन्धी ऐन, २०७५ ले कुनै पनि व्यक्ति १८ वर्ष नपुगुञ्जेल सम्मका लागि बालिग भनेर तोकिदिएको छ । एउटा बालकमा सुझबुझ तथा परिपक्वता १८ वर्षपछि मात्रै आउँछ भनेर यो व्यवस्थाले परिकल्पना गरेको हो । त्यसैगरी, नेपालमा सहमतिमै भए पनि यदि १८ वर्षभन्दा मुनिका महिलासँग शारीरिक सम्बन्ध राखियो भने करणी गरेको मानिने कानुनी व्यवस्था छ । यसले पनि के देखाउँछ भने १८ वर्षको उमेरपछि मात्रै महिला परिपक्व हुन्छन् र उनीहरूमा निर्णय गर्नसक्ने क्षमता विकास हुन्छ । के गर्दा ठीक वा के गर्दा बेठीक भनेर छुट्याउन सक्ने उनीहरूमा क्षमता १८ वर्ष पुगेपछि हुन्छ भन्ने कुरा पनि यो कानुनले परिकल्पना गरेको छ । कानुनले सक्षम व्यक्ति भनेर १८ वर्ष पुगेपछिको उमेरलाई मात्र मान्नुले पनि मानिसको सही र गलत छुट्याउन सक्ने उमेर १८ वर्ष मानेको छ ।
त्यस्तै, निर्वाचनमा मतदान गर्नका लागि १८ वर्ष पुगेको हुनुपर्ने भन्ने अनिवार्य व्यवस्था गरिएको छ । निर्वाचनसम्बन्धी गरिएको उमेरहदको यो व्यवस्थाले पनि कुन उम्मेदवारलाई मत दिने हो भन्ने कुराको निर्णय यो उमेरमा पुगेकाले गर्न सक्छन् भनेर पनि यो व्यवस्था राखिएको हो । नागरिकले सार्वभौमसत्ताको प्रयोग गर्नलाई १८ वर्षको उमेरहद तोकिएको हो ।
वयस्कताको आरम्भ भने १६ वर्षबाटै
त्यसो त वयस्कताका लागि १६ वर्षको उमेर नै प्रारम्भ बिन्दु मानिन्छ । यो उमेरलाई आधिकारिक रूपमा वयस्कको उमेर स्वीकारेर नागरिकता ग्रहण गर्न योग्य उमेर मानिएको छ । उच्च शिक्षा आर्जनका लागि योग्यता पुगेको भनी विषयगत रूपमा सरकारले एसइईपछि फरकफरक विषय पढ्न पाइने व्यवस्था गरेको छ ।
नागरिकता प्राप्तिका लागि १६ वर्षलाई योग्य उमेर माने पनि मतदानका लागि भने १८ वर्ष नै निर्धारण गरिएको छ । तर, नागरिकता प्राप्तिपछि बैंक खाता खोल्न पाइने, सम्पत्ति आफ्नो नाममा ग्रहण गर्न पाइने, सरकारी तथा गैरसरकारी संस्थाको सदस्य हुन पाइने, आफ्नै नाममा कम्पनी खोल्न पाइने, करार गर्न पाइनेलगायतका एक परिपक्व व्यक्तिले गर्न सकिने अधिकांश अधिकार प्रदान गरिएको छ । त्यसैले १६ वर्षको विद्यार्थीलाई एक सक्षम व्यक्तिका रूपमा लिइएको छ । अन्तर्राष्ट्रिय रूपमा थुप्रै राज्यहरूले १६ वर्षभन्दा माथिको उमेर समूहलाई बालिग भनेर व्याख्या गरेका छन् ।
आवश्यकता तर्कशील र विवेचनात्मक ज्ञानको
तथ्यगत रूपमा हेर्ने हो भने हाम्रा कानुन, सिद्धान्त, प्रचलन तथा अन्तर्राष्ट्रिय अभ्यासले साँच्चिकै वयस्कको उमेर १६ वर्षदेखि १८ वर्षलाई लिइएको छ । आंशिक रूपमा एउटा व्यक्तिमा १६ वर्षमा वयस्कता सुरु भएर १८ वर्षसम्म त पूर्णरूपमा वयस्क भइसक्ने कुरा परिकल्पना गरिएको छ ।
यो वयस्कताको प्रारम्भ बिन्दुमा हामीमा कस्तो ज्ञान आर्जन भयो, कस्तो तर्क र क्षमताको विकास भयो भन्ने कुराले भावी दिनसम्म पनि हाम्रो जीवनमा ठूलो प्रभाव पार्दछ । यो उमेरमा हामीले अपनाउने अध्ययन पद्धति र तरिकाहरूले पनि हाम्रो मस्तिष्कको विकास कसरी गर्ने भन्ने कुरालाई निक्र्योल गर्दछ ।
१६ देखि १८ वर्षको उमेर वयस्कताको उमेर हो भने यो उमेर समूहका विद्यार्थीहरूले पढ्ने पुस्तकले उनीहरूको दृष्टिकोण निर्माण गरिरहेको छ । कुन विषयको ज्ञानले कस्तो विचार उब्जिन्छ भन्ने कुराले भावी दिनसम्म पनि दृष्टिकोण निर्माण गर्न सघाउ पर्ने भएकाले यो उमेर समूहका विद्यार्थीहरूमा के-कस्ता विचार र तर्कसँग साक्षात्कार भयो त्यही प्रकारको भावी दिनको दृष्टिकोण वा सोच्ने तरिका पनि निर्माण हुँदै जान्छ । कति फराकिलो ढंगले वस्तुलाई नियालियो ? कति फराकिलो ढंगले मानिसका विचारहरू ग्रहण गरियो ? कति फराकिलो ढंगले पुस्तक पढियो ? लगायतका कुराहरूले हामीमा कति फराकिलो चेतनाको विकास भयो भन्ने कुरालाई इंगित गर्छ ।
प्रायःजसो एसइई दिने विद्यार्थीहरूको उमेर १६ वर्ष हुन्छ भने केहीको त्यसभन्दा माथि वा भनाँै १६ र १८ वर्षकै बीचको हुन्छ । तसर्थ एसइई पास भएपछि उच्च शिक्षामा कुन विषय अध्ययन गरिन्छ त्यसले भावी दिनमा विद्यार्थीको दृष्टिकोण निर्माण, तर्कशक्ति र चेतनालाई निर्धारण गर्ने हुँदा यो उमेर समूहका विद्यार्थीले आफ्नो क्षमता, दक्षता, सीप, कला, दृष्टिकोण, चेतनास्तर अभिवृद्धि गर्ने प्रकारको शिक्षा आर्जन गर्नुपर्छ ताकि दीर्घकालीन रूपमा त्यसले विद्यार्थीको सोच र दृष्टिकोणलाई फराकिलो, तर्कसंगत र व्यावहारिक बन्न सिकाओस् ।
कानुन पनि बन्न सक्छ महत्वपूर्ण ‘करियर’ रोजाइ
यदि १६ देखि १८ वर्षको उमेरका विद्यार्थीहरूमा तर्क गर्न सक्ने क्षमताको अभिवृद्धि हुन्छ, दृष्टिकोण निर्माण हुन्छ, चेतनाको अभिवृद्धि हुन्छ भने त्यसैसँग सम्बन्धित तर्कशक्तिको विषय अर्थात् ‘कानुन’ विद्यार्थीका लागि उत्तम ‘करियर’ रोजाइको विषय बन्न सक्छ । कानुनको अध्ययनले कुनै पनि विद्यार्थीको तर्क गर्न सक्ने क्षमतामा अभिवृद्धि गर्दछ, चेतनाको विकास गर्दछ, दृष्टिकोणलाई फराकिलो पार्दछ र व्यावहारिक बन्न प्रेरित गर्दछ । यो विषयको अध्ययनले समाजलाई बुझ्न सिकाउँछ, समाजका समस्याहरूलाई केलाउन सिकाउँछ, राजनीतिलाई नियमसंगत चलाउनुपर्ने कुरालाई प्रेरित गर्दछ र राज्यको नीति निर्माण र तिनको कार्यान्वयनमा प्रत्यक्ष सरोकार राख्दछ ।
कानुनी शिक्षाले राज्यमा भए, गरेका घटनाक्रममाथि तार्किक विश्लेषण गरी समस्याका कारण पहिचान गरी समाधानका उपाय सुझाउन मद्दत गर्छ । यसको नेतृत्व गर्ने अवसर हाम्रा विद्यार्थीलाई हामीले किन प्रदान नगर्ने ? राज्य व्यवस्था र राजनीतिलाई नजिकबाट बुझ्न सिकाउने र त्यसमा देखिएका समस्याहरूलाई कानुनसम्मत् रूपमा समाधान गर्न सिकाउने विषय कानुन हो भने त्यो विषय पढ्न हाम्रा विद्यार्थीलाई किन प्रेरित नगर्ने ?
हामीले बारम्बार राजनीतिले देश बिगार्यो भन्छौँ वा नेताहरू कानुनको पालना गर्दैनन् भनेर गुनासो गर्छौँ । राज्यमा कानुनको शासन, जवाफदेही सरकार, पारदर्शिता, अधिकारको सुनिश्चितता, न्यायमूलक समाज र स्वतन्त्र न्यायपालिकाको स्थापना भएन भन्ने कुरामा हाम्रो सधंै गुनासो रहन्छ । तर, यी सबै कुराको चेत जगाउने र त्यसमा निर्मम समीक्षा गरी राज्यलाई आवश्यक पर्ने नीति नियम र मूल्य मान्यताका विषयमा हामीले हाम्रा विद्यार्थीलाई संलग्न गराएनौँ, उत्प्रेरणा जनाएनौँ । जबकि यी सबै कुराको ज्ञान र समाधान कानुनी शिक्षाले दिन्छ ।
कानुनी शिक्षाले राज्यमा भए, गरेका घटनाक्रममाथि तार्किक विश्लेषण गरी समस्याका कारण पहिचान गरी समाधानका उपाय सुझाउन मद्दत गर्छ । यसको नेतृत्व गर्ने अवसर हाम्रा विद्यार्थीलाई हामीले किन प्रदान नगर्ने ? राज्य व्यवस्था र राजनीतिलाई नजिकबाट बुझ्न सिकाउने र त्यसमा देखिएका समस्याहरूलाई कानुनसम्मत् रूपमा समाधान गर्न सिकाउने विषय कानुन हो भने त्यो विषय पढ्न हाम्रा विद्यार्थीलाई किन प्रेरित नगर्ने ?
कानुनको ज्ञानले आजका समस्यालाई मात्रै समाधान गर्न सिकाउँदैन, भोलिको पुस्तालाई समेत मार्गप्रशस्त गर्न एक असल शासन प्रणालीको आरम्भको जग बसाउन अहं भूमिका खेल्दछ । त्यसैले त नेब्रास्का विश्वविद्यालय कानुन कलेजका डिन रस्को पाउन्डले ‘कानुन भनेकै समाज निर्माणको आधारस्तम्भ हो भने वकिल भनेकै सामाज निर्माणका संवाहक हुन्’ भनेर उन्नाइसौँ शताब्दीमै भनेका थिए ।
समाजको चेतनास्तर वृद्धिका लागि ‘कानुन’ बन्न सक्छ समाज शास्त्रको अभिन्न विषय
हरेक समाजको विकास तब हुन्छ जब समाज शास्त्रका विषयहरूमाथि अध्ययन र अनुसन्धानको वृद्धि हुन्छ । समाजको चेतनास्तरको वृद्धि गर्नका लागि समाज शास्त्रको अध्ययन गर्ने र यसको रूपान्तरण गर्ने नयाँ पुस्ताहरूको संख्या बढ्दै जानुपर्छ । समाजमा कतिपय समस्याहरू सामाजिक रूपमा व्याप्त देखिन्छन् । न्याय हरेक समाजको मूल आवश्यकता बनेको छ । शान्ति, सुव्यवस्था, भ्रष्टाचारको अन्त्य, सुशासन र कानुनको शासन आज हरेक समाजको आवश्यकता बनेको छ । तर समाजका समस्याहरूलाई समाधान गरी समाजलाई व्यवस्थित गर्ने विषयहरू विद्यार्थीको रोजाइ नबन्दा समाजको चेतनास्तर पनि विकसित हुन सकेको छैन । जसका कारण राज्यको व्यवस्थाप्रति नयाँ पुस्ताको निराशा बढ्दै गएको छ ।
समाजलाई विकसित गर्न सामाजिक रूपमा हुनुपर्ने छलफल तथा अध्ययन अनुसन्धानहरू घट्दै गएपछि समाजले सुव्यवस्थाको रूप लिन नसकेको हो । यसका लागि सामाजिक रूपमा सचेत एवं समाजका समस्याहरूलाई समाधान दिने विषयवस्तुहरूको अध्ययन आजका नयाँ पुस्ताको रोजाइ बन्न जरुरी छ । सामाजिक विषयहरू विद्यार्थीहरूको रोजाइ बन्नका लागि राज्यले पनि ती विषयहरूप्रति आकर्षण बढाउनका लागि उचित नीति अवलम्बन गर्न जरुरी छ ।
कानुन विषय एउटा सुव्यवस्थित समाज निर्माणका लागि मात्र नभएर पेशाकै रूपमा पनि विकसित देशमा अब्बल मानिएको विषय हो । समाजका समस्याहरूलाई प्रत्यक्ष रूपमा सरोकार राख्ने एवं न्याय प्रदान गर्न अहम् भूमिकाकै रुपमा सघाउ पुर्याउने कानुनको विषयले विद्यार्थीलाई समाजका वास्तविक समस्याहरूसँग घुलमिल गराउन सघाउ पुर्याँदछ । यसले भावी दिनमा कस्तो समाज निर्माण गर्ने र सुव्यवस्था कसरी कायम गर्ने भन्ने विषयमा विद्यार्थीहरूलाई सामाजिक मामिलाहरूसँग साक्षात्कार गर्न मद्यत पु¥याउने भएकाले सामाजिक चेतनास्तर विकासका लागि पनि कानुनको अध्ययन एक महत्वपूर्ण विषय मानिन्छ । यस विषयमा विद्यार्थीको रुचि एवं आकर्षण बढाउन सके राज्यमा कानुनी जनशक्ति वृद्धि हुँदै जाने र समाजका समस्याहरू पनि निराकरण हुँदै जाने भएकाले समाजको उत्थानमा लाग्न रुचि भएकाहरूका लागि कानुन एक महत्वपूर्ण अध्ययनको विषय बन्न सक्छ । (लेखक लेक्स नेपाल इन्स्टिच्युट अफ लका निर्देशकसमेत हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच