एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ ताजिकिस्तानको राजकीय भ्रमणका लागि बिहीवार दुशान्बे पुग्नुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले छिमेकी मुलुक ताजिकिस्तानमा सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले भ्रमण गरेको बताइएको छ ।
सीले सांघाई सहयोग संगठनका नेताहरूको भेलापछि कजाकिस्तानबाट ताजिकिस्तान पुग्नुभएको थियो । जसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि वार्ता गर्नुभएको छ ।
ताजिकिस्तान पुगेपछि प्रकाशित लिखित वक्तव्यमा सीले राष्ट्रपति इमोमाली रहमोनसँग वार्ता गर्ने र उनीहरूले सम्बन्धलाई प्रगाढ बनाउन नयाँ योजना र व्यवस्था गर्ने र वर्तमान अन्तर्राष्ट्रिय विषयमा गहिरो विचार आदानप्रदान गर्ने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच