काठमाडौं । अकल तामाङ र जेनिशा कडायतले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा पौडी प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । ह्वीलचेयरतर्फ २५ मिटर फ्री स्टायलको पुरुषमा अकल र महिलामा जेनिशा पहिलो हुनुभएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा पौडी संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा अकलले निर्धारित दूरी पूरा गर्न १८.६७ सेकेण्ड खर्चनुभयो । विराज भाट दोस्रो तथा विष्णुपुकार श्रेष्ठ तेस्रो हुनुभयो । जेनिशाले निर्धारित दूरी तय गर्न ३४.४४ सेकेण्ड समय खर्चिनुभयो । जुनु शाही दोस्रो तथा संगीता माझी तेस्रो बन्नुभयो ।
जोरपाटीस्थित पिस क्लबमा भएको प्रतियोगिताको पुरुष स्टेन्डिङ २५ मिटर फ्री स्टायलमा हर्कमान घर्ती मगरले स्वर्ण जित्नुभयो । उहाँले १९.३२ सेकेन्ड समय लगाउनुभयो । लिङ्जेन लामाले रजत तथा रमेश खत्रीले कांस्य जित्नुभयो । सो स्पर्धाको महिलामा डा. समना गैरे पहिलो हुनुभयो । समनाले १९.८८ सेकेण्डमा दूरी तय गर्नुभयो । मन्नु चौधरी दोस्रो तथा पार्वती खत्री तेस्रो हुनुभयो ।
विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, राखेपकी सदस्य विना श्रेष्ठ, राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ लगायतले पुरस्कृत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच