मुख्यमन्त्री सिंहद्वारा मधेस प्रदेशका ४ दलका ६ मन्त्री बर्खास्त

हिमालय टाइम्स
Read Time = 2 mins

जनकपुर । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका ४ दलका ६ मन्त्रीहरुलाई पदबाट बर्खास्त गर्नुभएको छ ।

मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको हो । नेकपा एमाले-नेपाली काँग्रेससँग भएको सहमतीअनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गर्नुभएको हो ।

अर्थमन्त्री भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपाने, उर्जा सिंचाई तथा खानेपानीमन्त्री बेची लुङ्गेली, गृह तथा सञ्चारमन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरीलाई मुख्यमन्त्री सिंहले बर्खास्त गर्नुभएको छ ।

६ दलको समर्थनमा जनमत पार्टीका सिंह गत जेठ २५ मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । आजै काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई मधेस सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारीसमेत रहेको छ । मुख्यमन्त्री सिंहले राष्ट्रिय समिकरणअनुसार सबै प्रदेशमा परिवर्तन हुने अवस्था रहेको र मधेस प्रदेशमा आजै विश्वासको मत लिने भएकाले नयाँ समीकरणका हिसावले प्रदेश सरकार गठन भएको बताउनु भयो ।

उहाँले प्राविधिक समस्या भएकाले राजीनामा नदिइकन बसेकाले बर्खास्त गर्नुपरेको बताउनु भयो । उहाँले कुनैपनि मन्त्रीले असहयोग नगरेको पनि बताउनु भयो । मुख्यमन्त्री सिंहले मन्त्रीहरुकै सहमतिमा बर्खास्ती गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?