गीत गाइरहेकी अभिनेत्रीमाथि अचानक बम खसेपछि…

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रुस–यूक्रेन युद्ध करिव पछिल्लो दुई वर्षदेखि जारी रहेको छ । यो युद्ध कहिले समाप्त हुन्छ भन्ने कुराको जवाफ कोहीसँग पनि छैन । यसैबीच रुसी अभिनेत्री पोलिना मेनशिख मारिएको खबर आएको छ ।

रुसले जुन जमीनमा कब्जा गरेको छ, त्यहाँ पोलिना प्रस्तुति दिइरहेकी थिइन् । त्यहि समयमा आकाशबाट खसेको बमले सबै स्वाहा बनाइदिएको छ । उक्त हवाई हमलामा ४० वर्षीया रुसी अभिनेत्री पोलिनाको मृत्यु भएको हो ।

नोभेम्बर १९ मा भएको आक्रमणमा यूक्रेनले गरेको आक्रमणमा अभिनेत्री पोलिना मारिएको कुरा यूक्रेन तथा रुस दुबैले निश्चित गरेका छन् । रुसी सैनिक अधिकृतले डोनेस्कको एउटा गाउँको स्कूल र कल्चरल सेन्टरमा हिमरास मिसाइलले आक्रमण भएको बताएका छन् । यो फ्रन्टलाइनबाट करिब ६० किलोमिटर टाढा थियो ।

यूक्रेन हवाई आक्रमणमा कुनै पनि सैनिकको मृत्यु नभएको रुसी अधिकारी बताएका छन् । एक नागरिक मारिएका छन् । त्यस्तै यूक्रेन कमाण्डर रोबर्ट ब्रोवडीले पनि आफूहरुले हमला गरेको कुरा दावी गरेका छन् ।

युक्रेनी कमान्डर भन्छन् – ‘हाम्रो हवाई आक्रमणमा २५ जना मानिस मारिएका छन् ।’ यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा रुसी सैनिक बसिरहेका देखिन्छन् । अगाडि स्टेजमा पोलिना गिटार हातमा लिएर गीत गाइरहेकी थिइन् । त्यसपछि हवाई आक्रमण हुन्छ र सबै स्वाहा हुन्छ । यद्यपि उक्त भिडियोको बारेमा कसैले पुष्टि गरेको छैन । (एजेन्सीको सहयोगमा)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?