राष्ट्रपतिको निर्वाचनमा हाम्रो पार्टीले उम्मेदवारी दिने सम्भावना छ : नेता खनाल

हिमालय टाइम्स
Read Time = 2 mins

अत्तरिया । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताउनुभएको छ । धनगढीमा आज समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले उक्त धारणा राख्नुभएको हो ।

“राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण विषय हो । यसमा सबै राजनीतिक दलले सुझबुझ, दूरदर्शिता, संविधानको मर्म र भावनाका साथ राम्रो व्यक्तित्वलाई पदमा पु¥याउनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सबै पार्टीले राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।”

उहाँले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गर्नुभयो । यस्तै, राष्ट्रपतिमा राजनीतिक मान्छे नै हुनुपर्ने र गैरराजनीतिक मान्छेलाई राष्ट्रपति बनाउँदा लोकतन्त्र नै समस्यामा पर्ने उहाँको बुझाइ रहेको छ । उहाँले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको दाबी गर्नुभयो । “अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन”, उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?