काठमाडौं । अविरल वर्षाका कारण काठमाडौ उपत्यकाका खोला नदीमा जलसतह बढेको छ । नदीमा पानीको सतह बढेसँगै छेउछाउका बस्ती डुबानमा परेका छन् ।
भक्तपुरको मनोहरा किनार तथा ललितपुर र काठमाडौंको बागमती किनारमा बाढीको असर परेको छ । ललितपुरको युएन पार्क क्षेत्रको सडक डुबानमा परेको छ भने थापाथलीदेखि बल्खुसम्म नदी किनारमा रहेका सुकुम्बासीको घरटहराहरु पनि डुबाएको छ । बल्खुस्थित तरकारी बजार र त्यस वरपरका खाजा पसलहरु पनि डुबाएको छ ।
नदी किनारका घर टहरा डुबाएपछि सर्वसाधारणलाई बसोबासको समस्या छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।”
उहाँले वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिनुभयो । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच