हेटौंडा । मकवानपुर जिल्लामै पहिलो पटक अष्टादश १८ महा-पुराण कार्यक्रम २०८१ हुने भएको छ। चतुर्मासको अवसरमा श्रावण २ हरिशयनी एकादशी देखि मङ्सिर ३० गते धान्यपुर्णिमासम्म महापुराण गर्न लागिएको संकल्पकर्ता आचार्य मनिष शरण खनालले जानकारी दिनुभयो ।
प्रत्येक दिनको पफञ्चाङ्ग बिहान ६ बजे देखि ७ बजे सम्म हुने छ।त्यसैगरी कथा प्रवचन बिहान ८ बजे देखि १० बजे सम्म हुने जनाइएको छ।
महापुराणको अवधिभर श्रीराधे टिभीस्टुडियो , अजरअमर रोडमा रहेको क्यान्डिड फोटो स्टुडियो लगायत सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ ।
साथै कार्यक्रममा उपस्थित भइ पुण्य आर्जन आर्जन गर्दै कार्यक्रम सफल बनाउन कार्यक्रम व्यवस्थापकहरु ओम फुयाल, लव राज अधिकारी, पण्डित बालकृष्ण न्यौपानेले सम्पुर्ण भक्तजनमा अनुरोध गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच