बैतडी । सेती नदीमा जलस्तर बढेर बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । सिगास गाउँपालिका-५ ढुङ्गाडका ६० घरपरिवारलाई स्थानीय शारदा माविमा सारिएको हो ।
जनप्रतिनिधि र स्थानीयहरुको सहयोगमा उनीहरुमा सुरक्षित स्थानमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।
नदी किनारमा लगाएको तटबन्धमाथि नै जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएका इन्द्रबहादुर चन्दले बताउनुभयो ।
सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका-५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा-६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा छन् ।
वडाअध्यक्ष राजेन्द्र चन्दले सेती नढीको बाढी बस्तीमा पस्ने खतरा बढेकाले स्थानीय सारदा माविमा सरेको बताउनुभयो । पानीको बहाव बढेपछि पशु चौपायसहित स्थानीयहरु विद्यालयमा सारीएको उहाँले जानकारी दिनुभयो । त्यहाँले स्थानीयहरुले प्रत्येक बर्ष बर्षात्काे समयमा समस्या बोग्दै आएका छन् ।
बर्षा नरोकीएकाले सेतीको जलस्तर घटेको छैन् । यसअघि २०७८ साल कात्तिक पहिलो हप्ता परेको बेमौसमी वर्षाले सिगास-५ ढुङ्गाडलगायत क्षेत्रमा सेतीको बाढी पस्दा ठूलो क्षति गरेको थियो ।
यस्तै लगातारको बर्षाका कारण खोड्पे बझाङ जोड्ने जयपृथ्वी राजर्माग अवरुद्ध भएको छ । बैतडीको पाटन नगरपालिका-९ बिजयपुर नजिक खसेको पहिरो राजमार्ग अवरुद्ध भएको हो । पाटन नगरपालिका-८ वडाअध्यक्ष हरिश बिष्टले राजमार्ग सुचारुका लागि प्रयास भैरहेको बताउनुभयो । जेसीवि लगाएर अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले जयपृथ्वी राजमार्गकै सुर्नया-६ ढोल्यामोड क्षेत्रमा खसेको पहिरोलाई सफा गरी एकतर्फी रुपमा सञ्चालन गरिएको बताउनुभयो ।
जिल्लाका शाखा सडकहरु पनि अवरुद्ध भएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच