राजविराज । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी व्यारेजका ५६ ढोका खोलिएका छन् ।
सप्तकोशी ३ लाख ८६ हजार ७ सय ३५ क्युसेक पानी बहाव भएपछि कोशी ब्यारेजमा अहिले खतराको संकेतको रातो बत्ती बालिएको छ र ५६ ढोका खोलिएका छन् ।
ब्यारेजका सम्भावित खतराको आकलन तथा कोशी ब्यारेज र तटबन्धका तटीय क्षेत्रका बासीन्दालाई सचेत गराइएको छ भने नदि आसपासका गाउँबस्ती बाढीको उच्च जोखिममा परेकाले अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह समेत गरिएको छ ।
कोशी ब्यारेजमा आइतबार बिहान ११ बजे तीन लाख ७५ हजार ६ ९सय ३० क्युसेक पानी मापन गरिएको छ ।
सप्तकोशी जल मापन केन्द्रका अनुसार जलसतह पार गरेको छ ।
यता सुनसरीको राजावासमा २३ नम्बरको स्पर कटान सुरुभए पछि तटबन्धका तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउँदै स्परमा तार जालीमा बालुवाका बोरा र ढुङ्गा भर्ने कार्य सुरु गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच