काठमाडौं । काजी कालु पांडे काजी तुलाराम पांडे स्मृति प्रतिष्ठानको साधारण सभा सम्पन्न भएको छ । उक्त प्रतिष्ठानको साधारण सभा २०८१, असार ८ गते सम्पन भएको हो ।
साधारण सभाले प्रतिष्ठानका अध्यक्ष पवनबहादुर पाँडेले पेश गर्नुभएको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
प्रतिष्ठानका सदस्य सचिव भक्त प्रल्हाद पाँडेले पेश गर्नुभएको सदस्य सचिवको कार्य प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित कार्यक्रम तथा प्रतिष्ठानका कोषाध्यक्ष नरबहादुर पाँडेले पेश गर्नुभएको कोषाध्यक्षको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८ / ०७९ तथा आव २०७९/०८० को वित्तिय विवरण सहितको लेखा परट्क्षठण प्रतिवेदनसहित आव २०८०/०८१ को अनुमानित आय व्यय विवरणहरू पनि सर्वसम्मतले पारित भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको स्वीकृत विधान बमोजिम आगामी कार्यकालको लागि नयाँ कार्य समिति पनि साधारण सभाबाट चयन गरिएको प्रतिष्ठानले जनाएको छ ।
साधारण सभाको समापनमा नवनिर्वाचित अध्यक्ष पवनबहादुर पाँडेले उपस्थित सदस्य महानुभावहरूलाई प्रतिष्ठानको साधारण सभा सफल बनाउनु भएको भन्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
उहाँले आगामी कार्यकालको लागि समेत अध्यक्ष लगायत अन्य पदाधिकारी तथा कार्य समिति सदस्य सर्वसम्मत रूपमा चयन गरेकोमा उपस्थित सबैमा आभार व्यक्त गर्दै सभा विसर्जन गर्नुभएको थियो ।
नयाँ कार्यसमिति
१. अध्यक्ष :- रथी पवनबहादुर पांडे (अ.प्रा.)
२. उपाध्यक्ष (क) :- सुमन विक्रम पांडे
३. उपाध्यक्ष (ख) :- नरबहादुर पाँडे
४. सदस्य सचिव :- भक्त प्रल्हाद पाँडे
५. कोषाध्यक्ष :- साम्राज्य विक्रम पाँडे
६. सह सचिव :- कृष्णप्रसाद देवकोटा
कार्य समिति सदस्यहरु
रविजंग पाँडे, प्रविणवहादुर पांडे,प्र तापजंग पाँडे, सुमन राज पांडे , ध्रुव विक्रम पांडे, सहायक रथी सुन्दरकुमार पांडे (अ.प्रा.) कल्याण विक्रम पांडे, सुरेन्द्र पांडे, सन्तोष पाँडे
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच