
झापा । हात्तीको आक्रमणमा परी मृत्यु भएका चार परिवारलाई राहत प्रदान गरिएको छ । मेचीनगर नगरपालिका ४ वडा कार्यालयले प्रतिपरिवार १२ हजार रुपैयाँका दरले राहत प्रदान गरेको हो ।
बारम्बार प्रयास गर्दा पनि नियमानुसार सरकारले गराउने राहत उपलब्ध गराउन विलम्ब गरेपछि वडाकै बजेटबाट उनीहरूलाई राहत प्रदान गरिएको हो । प्रेम बराल , शम्भु थापा, रणबहादुर दियाली र मनोरथ ढुङ्गेलको परिवारलाई १२ हजाका दरले राहत हस्तान्तरण गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।
परिवारका सदस्य पनि अनाहकमा गुमाउँदा समेत सरकारले कानमा तेल हालेपछि पीडितको घाउमा मल्हमपट्टि गर्ने काम वडाले गरेको वडाध्यक्ष कार्कीको भनाइ छ। आफन्त गुमाएका परिवारका सदस्यलाई रकम हस्तान्तरण गरिएको र थप राहतका लागि निरन्तर प्रयास जारी राखिने वडाध्यक्ष कार्कीले बताउनुभयो ।
हात्ती आउँदा मानिसहरु गुरुङरुङ जाने गलत बानी अहिले कम भएको कार्कीले सुनाउनुभयो। परिमाण ६ महिनादेखि ४ र १ नम्बर वडामा हात्तीको आक्रमण रोकिएको उहाँले बताउनुभयो ।
राहतका नाममा आहत दिने गरेको पीडित हेमराज बरालको दुखेसो छ । १५ महिना धाउँदासमेत राहत पाउन आफूलाई गाह्रो भएको उहाँले विगत सुनाउनु भयो । हात्तीको आक्रमण सहने मध्येको बराल परिवार एउटा मात्रै हो ।
वन ऐन, राष्ट्रिय निकुञ्ज ऐन , कार्यविधि र राहत निर्देशिका अनुसार सरकारले वन्यजन्तु पीडितलाई राहत तथा क्षतिपूर्ति दिन्छ । मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने व्यवस्था छ ।
संशोधन सहित २०८० साउन १ गतेदेखि लागू निर्देशिका अनुसार सख्त घाइतेले २ लाख रुपैयाँसम्म पाउँछन् । तर, सरकारी प्रक्रिया झन्झटिलो हुँदा घाइते र सदस्य गुमाएका अधिकांश परिवारले उपचार खर्च र राहत पाउनै मुस्किल पर्छ ।
राहत निर्देशिकामा दस लाख भनेपनि मनोरथको परिवारले पाँच लाख रुपैयाँ मात्रै पाएको छ । राहत निर्देशिका बन्नु अघि नै हात्तीको आक्रमणबाट अन्य तीन परिवारले आफ्ना सदस्य गुमाएको कारण अहिलेसम्म कुनै राहत पाएका थिएनन् ।
सन्तानको शिक्षादीक्षा, मृतकको स्मृतिमा कुनै काम गर्न सहयोग पुर्याउने उद्देश्यले चार परिवारलाई वडाले आफ्नो बजेटबाट सहयोग गरेको वडाध्यक्ष कार्कीको भनाइ छ । २०६८ सालपछि मात्रै झापामा ६५ जनाले हात्तीको आक्रममा परी ज्यान गुमाई सकेका छन् । तर, अहिले पनि हात्ती पीडित धेरैले राहत पाएका छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच