कोलम्बो । पूर्वकप्तान सनथ जयसूर्या श्रीलंका पुरुष टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ । ट्वान्टी-२० विश्वकपमा श्रीलंका समूह चरणबाटै बाहिरिएपछि इंग्ल्याण्डका ४९ वर्षीय प्रशिक्षक क्रिस सिल्भरवुडले व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिनुभएको थियो । त्यसैले भारतविरुद्धको घरेलु शृंखला र सेप्टेम्बरमा इंग्ल्याण्डविरुद्ध हुने टेस्ट भ्रमणसम्मका लागि उहाँलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो ।
जयसूर्यासँग प्रशिक्षण गराएको अनुभव छैन । तर, उहाँ श्रीलंकाली टोलीको मुख्य छनोटकर्ता भने भइसक्नुभएको छ । टेस्ट र एकदिवसीय पूर्वकप्तान जयसूर्याले जारी लंका प्रिमियर लिग (एलपिएल) को अन्त्यपछि टोलीको नेतृत्व सम्हाल्नुहुनेछ । उहाँले एकदिवसीय क्रिकेटमा १३ हजार ४३० रन बनाउनुभएको थियो । एकदिवसीय क्रिकेटमा उहाँको नाममा ३२३ विकेट पनि छन् । यसबाहेक उहाँले ११० टेस्ट र ३१ ट्वान्टी–२० खेल्नुभएको छ । एजेन्सी ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच