बर्दिया । काम सम्पन्न भएपनि भुक्तानी नपाएको भन्दै बर्दियाका निर्माण व्यवसायीहरुले सडक पुर्वाधार विकास कार्यालयमा तालाबन्दि गरेका छन् ।
बर्दियाका निर्माण व्यवसायीहरुले काम सम्पन्न गरिसकेपनि करिब ८ करोड भन्दा बढी रुपैया भुक्तानी पाउन नसकेको बताएका छ ।
प्रदेश सरकारले असार २४ गते राति १२ बजे खाता बन्द गर्नुपर्नेमा २२ गते साँझ ६ बजे बन्द गरेको कारण काम भएपनि भुक्तानी दिन नसकिएको सडक पूर्वधार विकास कार्यालय, बर्दियाका प्रमुख गोविन्दबहादुर महत्रा क्षेत्रीले बताउनु भयो । प्रदेश सरकारले रकम नपठाएका कारण यस्तो समस्या भएको उहाँले बताउनु भयो ।
निर्माण व्यवसायी संघ, बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल केसीको नेत्रृत्वमा कार्यालयमा ताला लगाइएको निर्माण व्यवसायी संघ बर्दियाका सचिव जगदिस अधिकारी भन्नुभयाे, ‘व्यवसायीले बैंकबाट ऋण लिएर सरकारको काम गरेको छ तर काम सम्पन्न गरेको भुक्तानी नपाउदा आफुहरु सडकमा पुग्ने अवस्था आएको अधिकारीले बताउनु भयो ।
सडक पूर्वाधार विकास कार्यालय बर्दियाका सूचना अधिकारी देबेन्द्र सिंह मालका अनुसार कार्यालयमा ताला लागेका कारण काम काज खासै नभएपनि प्रभावित बनेको बताउनु भयो ।
निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका महासचिव भरत पौडेलले निर्माण व्यवसायी यस्तो कार्यले मर्कामा परेको बताउनु भयो उहाका अनुसार लुम्विनी प्रदेशमा झन्डै ३ अर्व रुपैया भुक्तानी रोकिएको छ । यस विषयमा बुझन खोज्दा लुम्बिनी प्रदेश सचिव एवं प्रवत्ता निराजन घिमिरेले हिमालय टाइम्ससंग कुरा गर्दै संघीय सरकारबाट आउनु पर्ने रकम नआएका कारण निर्माण व्यवसायीलाई काम सम्पन्न गरेपनि भुक्तानी दिन नसकिएको बताउनु भयो । उहाँका अनुसार झन्डै ३ अर्व रुपैयाँ प्रदेश सम्पन्न भएका निर्माण कार्यको भुक्तानी दिन बाँकि रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच