रत्ननगर । हिमालय टाइम्सका प्रधान सम्पादक पुरुषोत्तम दाहाललाई चिसाप बामदेव लक्ष्मी साहित्य पुरस्कार २०८१ प्रदान गरिएको छ ।
२११औं भानु जयन्तीको अबसरमा चितवन साहित्य परिषद्ले दाहालको उपन्यास कालपात्रलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
शनिबार नारायणी कलामन्दिरमा आयोजित कार्यक्रममा ३५ हजार ४५ रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी र चिसापका अध्यक्ष केदारनाथ खनालले प्रदान सम्पादक दाहाललाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो । पत्रकारिता, साहित्य र नेपाली राजनीतिका विश्लेशक समेत रहनुभएका दाहालको पत्रकारितामा लामो अनुभव रहेको छ । २०४६ सालमा बहुदल आएपछि रेडियो नेपालमा ‘घटना र विचार’ कार्यक्रम चलाएर चर्चीत हुनुभएकाे दाहाल अहिले पनि पत्रकारितामै सक्रिय हुनुहुन्छ ।
२०३५ सालमा पत्रकारिता सुरु गर्नुभएका दाहालले ‘नेपाल टाइम्स राष्ट्रिय दैनिक’, ‘राष्ट्रिय पुकार साप्ताहिक’ ‘देशान्तर’ मा काम गर्नुभएका दाहालले ‘नेपाल वाणी साप्ताहिक’ समेत प्रकाशन गर्नुभएको थियो ।
दाहाल नेपाली राजनीति, पत्रकारिता र साहित्यमा समान रूपमा कलम चलाउने सुपरिचत लेखक हुनुहुन्छ । उहाँका साँध, प्रक्षेपण, शान्ता, अन्धकारको यात्री, शिरवृत्त, मेरो पत्रकारिता, शान्ता, मानव अधिकार, केही कवि केही कविता जस्ता ४० वटा कृतिहरू प्रकाशित छन् ।
चिसापले सम्पादक दाहालसहित अन्य दुई जना साहित्यकारहरुलाई समेत विभिन्न विधामा पुरस्कार प्रदान गरेको छ ।
उदयपुरकी नियात्राकार भवानी खतिवडालाई चिसाप खेमलाल साहित्य पुरस्कार २०८० प्रदान गरिएको छ । उहाँको नियात्राकृति आकाश ओढेको डोल्पाको लागि ५० हजार ४५ रुपैया राशीको पुरस्कार प्रदान गरिएको हो । चितवनका गजल तथा साहित्यकार धनराज गिरीलाई १५ हजार ४५ रुपैयाँ राशीको चिसाप प्रतिभा पुरस्कार २०८० प्रदान सहित सम्मान गरिएको छ । कार्यक्रममा चितवन साहित्य परिषद्का उपाध्यक्ष गणेश रमणले सम्मानित साहित्यकारहरु धनराज गिरी र भवानी खतिवडाको बारेमा चर्चा गरेका थिए भने परिषद्का सल्लहाकार श्यामजी अतिथिले वरिष्ठ पत्रकार दाहालको कृतिको बारेमा बाेल्नुभएकाे थियाे ।
चितवन साहित्य परिषद् र नारायणी कला मन्दिरले सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा कवि तथा साहित्यकारहरुले कविता मार्फत आदिकवि भानुभक्त आचार्यको बारेमा चर्चा गरिएको थियो । चिसापका अध्यक्ष खनालको अध्यक्षतामा भएको कार्यक्रममा कलामन्दिरका उपाध्यक्ष अनुकुल श्रेष्ठले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच