सौराहामा वन्यजन्तु जोगाउन डिजिटल बोर्ड

हिमालय टाइम्स
Read Time = 4 mins

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा वन्यजन्तु संरक्षण र पर्यटनको विकासको लागि डिजिटल बोर्ड राखिएको छ ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले दुर्लभ वन्यजन्तु संरक्षणको सन्देश प्रवाह गर्न सौराहा स्थित निकुञ्ज प्रवेशद्वार नजिक डिजिटल बोर्ड राखेको हो ।

स्थानीय सरकार, चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिसंगको सहकार्यमा ७ लाख ३० हजारको लगानीमा डिजिटल बोर्ड राखिएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनु भयो । शुक्रबार उद्घाटन गरिएको उक्त बोर्डमा वन्यजन्तुको महत्व, जोगाउनु पर्ने कारण, संरक्षणको लागि भएका प्रयास सहित निकुञ्ज र वन्यजन्तुले सौराहाको पर्यटनमा खेलेको भूमिकाको बारेमा दृश्य देखाइने छ ।

डिजिटल बोर्डमा वन, वन्यजन्तु तथा जैविक विविधताको संरक्षणमा सवालहरुमा महत्वपूर्ण सुचना, नीति, नियम,ऐन, कानुनको मुख्य अंशहरु, मध्यवर्तीका नियम तथा सुचना, संरक्षण र पर्यटनमा स्थानीय सरकारले गरेका काम, निकुञ्ज, मध्यवर्ती र पर्यटनको विकासको लागि गरिदै आएका महोत्सव, फेस्टिवल, संरक्षणलाई प्रभावकारी बनाउन समुदाय स्तरमा गरिएको जीविकोपार्जन र सीपमुलक कार्यक्रमहरु देखाइने मृगकुञ्जका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । दीगो संरक्षणका लागि सुचना महत्वपूर्ण हुने भन्दै उहाँले वन्यजन्तु संरक्षणको सुचना समुदाय स्तरमा पु¥याउन डिजिटल बोर्ड राखि राखिएको बताउनुभयो ।

डिजिटल बोर्ड जडान गर्दा प्रयोग भएका फलाममा पोलहरुलाई काठको कलात्मक सृजना गरी सौराहा आउने पर्यटकले सेल्फी खिच्ने प्वाइटका रुपमा विकास गरिने छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले सयुक्त रुपमा डिजिटन बोर्डको उद्घाटन गर्नुभएको हो । सो अबसरमा निकुञ्जका प्रमुख प्रमुख संरक्षण अघिकृत पुर्जापुनले संरक्षणमा प्रविधिको प्रयोग आवश्यक रहेको भन्दै मृगकुञ्जले सौराहामा स्थापना गरेको डिजिटल बोर्ड वन्यजन्तु जोगाउन कोसेढुंगा सावित हुने बताउनु भयो । सौराहाबाट ८० प्रतिशत पर्यटकहरु निकुञ्ज अबलोकनका लागि प्रवेश गर्ने भन्दै उहाँले अनलाइनबाट टिकट काट्ने व्यवस्था निकट भविश्यमै सुरु गर्ने बताउनु भयो । कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष ढुंगानाले दीगो संरक्षणको लागि डिजिटल बोर्ड मार्फत समुदायमा सचेतनामुलक सन्देश फैलाउने बताउनु भयो ।

मृगकुञ्जकी कार्यसमिति सदस्य विन्दा कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरणका अध्यक्ष बसन्त रानाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम मृगकुञ्जका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *