नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा नगर स्तरीय खानेपानी ल्याबको स्थापना भएको छ ।
बर्दघाट -४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा नगर स्तरिय ल्याव स्थापना भएको हो । बर्दघाट नगरपालिकाले नगर भित्र संचालनमा रहेका सबै आयोजनाहरुको पानीको गुणस्तर निशुल्क परिक्षण गर्ने गरी बर्दघाट नगरपालिकाको सहयोगमा ल्यावको स्थापना गरिएको हो ।
ल्याबको उद्दघाटन गर्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरका खानेपानी आयोजनाले पानीको मुहान देखी उपभोक्ताको मुख सम्म शुद्ध र गुणस्तरिय पानी पु-याउनका लागि पानीको परिक्षण अनिवार्य रुपमा गर्नुपर्ने बताउनुभयो । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पहिला देखिनै ल्याव संचालन गर्दै आईरहेकोमा ल्यावको स्तर उन्नती गरी आवश्यक उपकरण संगै हरेक साताको शुक्रबार नगरपालिकाले खटाएको ल्याव टेक्नीसियनले पानीको परिक्षण गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले सबै खानेपानी आयोजनालाई नियमित रुपमा ल्याबमा ल्याएर पानी परिक्षण गरी पानीको शुद्धता र गुणस्तर मापदण्ड अनुसार कायम गर्न निर्देशन दिनुभयो ।
नगरप्रमुखको १२ योजना अन्तरगत एक घर एक धारा अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै वडा नम्बर ४ घोषणा भैसकेकोमा वडा नम्बर ९ घोषणाको अन्तिम चरणमा रहेको श्रेष्ठको भनाइ रहेको थियो । नगरका सबै नागरिकलाई शुद्ध र गुणस्तरिय पानी उपलब्ध गराउन नगर प्रतिबद्ध भएर काम गरिरहेको उहाँले बताउनुभयो ।
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालले बर्दघाट खानेपानीले विगत १ बर्ष देखी महिनाको एक पटक निशुल्क रुपमा बर्दघाट भित्रका सबै अयोजनाको पानी परिक्षण गर्दै आएकोमा नगरपालिकाको साथले थप उत्साह मिलेबो बताउनुभयो । उपभोक्तालाई शुद्ध र गुणस्तरिय पानी पु¥याउन बर्दघाट खानेपानी सधै गम्भिर भएर काम गरिरहेको लम्सालको भनाई छ ।
कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष वेधविना तिवारीले नगर स्तरिय ल्याव स्थापना भए संगै नगका सबै खानेपानी आयोजनाले सेवा लिने बाताबरण तयार भएको बताउनुभयो । उहाँले खानेपानी संगै सरसफाईको क्षेत्रमा पनि काम गर्न आवश्यक रहेको औल्याउनुभएको थियो ।
जिल्ला खानेपानी महासंघका अध्यक्ष देवीदत्त सापकोटाले खानेपानी आयोजनाहरुले शुद्ध र गुणस्तरिय खानेपानीको उपलब्धता संग संगै पानीको मुहान संरक्षण तर्फ पनि उत्तिकै ध्यान दिन जरुरी रहेको बताउनुभयो । नगरपालिकाले सबै नागरिकलाई शुद्ध पानीको पहुँच पु¥याउनका लागि थप योजना बनाएर अगाडि बढ्न आवश्यक रहेकोमा सापकोटाले जोड दिनुभएको थियो ।
कार्यक्रममा बर्दघाट खानेपानीका सल्लाहकार रबिन्द्र विक्रम हमाल, पञ्चनगर खानेपानीका अध्यक्ष कर्ण बहादुर खत्री, बर्दघाट खानेपानीका उपाध्यक्ष कमल थापा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचीव शोभाकान्त कोइरालाले गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच