स्याङ्जामा पानीकाे दहमा डुबेर दिदीबहिनीको मृत्यु

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 1 min

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका ४ मा पानीकाे दहमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ४ बस्ने नरेन्द्र बहादुर थापाको छोरीहरु १४ वर्षीय लक्ष्मी थापा र निजकी बहिनी १२ वर्षीय सुस्मिता थापा रहेकी जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाका अनुसार दिदिबहिनी आइतबार दिउँसो दहमा मृत अवस्थामा फेला परेका हुन् ।

१४ वर्षीय लक्ष्मी थापा कक्षा ९ मा र निजकी बहिनी कक्षा ५ मा अध्यनरत रहेको प्रहरीले बताएको छ ।

मृतकहरु घरदेखि ५ सय मिटर टाढा रहेको पानी पधेरोमा नुहाउन र कपडा धुनका लागि गएका परिवारबाट खुल्न आएको छ । प्रहरी घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?