काठमाडौं । इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
यससँगै स्पेन चौथो पटक युरोपियन च्याम्पियन भएको छ । इङलिस टीम भने लगातार दोस्रो पटक फाइनलमा पराजित भएको छ ।
स्पेन सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेको थियो । उता इङ्ल्यान्डले नेदरल्याण्ड्सलाई हराएर लगातार दोस्रोपटक फाइलन यात्रा पक्का गरेको थियो । तर अघिल्लो संस्करणमा इटालीले स्तब्ध बनाएको इङ्लिस टोलीलाई यस यसपटक स्पेनले राेक्याे ।
स्पेनले पाँचौँपटक फाइनल खेल्दा चौथोपटक उपाधि उचाल्यो। इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पराजित भयो ।स्पेनलाई जिताउन खेलको ४७ मिनेटमा निको विलियम्सले अग्रता दिलाउनु भएकाे थियाे । पहिलो हाफ एकपक्षीय खेलेको स्पेनले दोस्रो हाफको दुई मिनेटमै गोल गरेको थियो।
तर खेलको ७० मिनेटमा मैदान पसेका कोल पामरले तीन मिनेटभित्रै उत्कृष्ट गोल गरेर खेललाई बराबरीमा ल्याउनु भयाे । बराबरीमा आएपछि आक्रमण बुनिरहेका बेला स्पेन सफल भयो । उसका लागि खेलको ८६ मिनेटमा सब्टिच्युट खेलाडी मिकेल ओयार्जाबलले निर्णायक गोल गर्नुभयाे ।
यससँगै स्पेनले युरोकपको उपाधि चारपटक जितेको छ । इंग्ल्याण्ड भने सन् २०२० मा जस्तै उपविजेता बनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच