काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिकहरुको समस्या चाँडै समाधान गर्ने बताउनुभएको छ ।
सोमवार पद तथा गोपनियताको शपथग्रहणसँगै मन्त्रालयमा पदभार ग्रहण गर्न पुग्नुभएका उहाँले मन्त्रालयको प्रवेशद्वारमै आन्दोलनरत कर्मचारीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले आफूले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गर्नुभयो । उहाँले आफूले पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्ने बताउनु भयो । पदभार ग्रहण गनै पुगेपनि पदभार ग्रहण नगरी फर्किनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले क्याबिनेट बस्दैछ । तपाईंहरुका समस्याहरु मैले सुनेँ । तर यसलाई राम्रो ढंगबाट अध्ययन गरेर निर्णय लिनेछु । पहिलो प्राथमिकतामा राखेर यो म अध्ययन गर्नेछु । केही समय दिनुस्, समस्याको समाधान गर्न म तयार छु । समय दिनुस्, साथमा म रहनेछु ।’
उहाँले समस्या समाधानका लागि आफू तयार रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच