काठमाडौं । राष्ट्रिय सभाले भन्सार महशुल विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।
सोमवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार महशुल विधेयक, २०८१ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा पठाइयोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभा समक्ष पेश गर्नुभएको थियो । प्रश्तावमाथि छलफल भइ अर्थमन्त्री पौडेलले जवाफ दिनुभएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रश्तुत गर्नुभएको सो प्रश्ताव सर्वसहमतिले पारित गरेको घोषणा गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक साउन ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच