काठमाडौं । चलचित्र ‘तेल भिसा’को पोष्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । पोष्टरमा उहाँलाई जवान र वृद्ध दुई फरक लुक्समा देखिएको छ । पोष्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पूजा लामाका साथमा केही विदेशी कलाकार देख्न सकिन्छ । सिनेमामा बुद्धि तामाङको पनि मुख्य भुमिका छ ।
शंकर घिमिरेको निर्देशनमा निर्माण भइरहेको चलचित्रको दोस्रो चरणको छायांकन हुँदैछ । पहिलो चरणको छायांकन केही समयअगाडि अमेरिकामा सकिएको थियो । वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको चलचित्रमा अनिश पाण्डे र शिवराज कार्कीको लगानी छ ।
प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको ‘तेल भिसा’मा सुशन प्रजापतिको छायांकन छ । चलचित्र मंसिर ७ गतेदेखि सिनेमाघरमा ल्याउने निर्माणपक्षको तयारी छ । यो चलचित्र यसअघि २९ भदौ रिलिज हुने भनिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच