तपाईंको आज

Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल वैशाख २७ गते मंगलबार, ई.सं. ९, मे २०२२ । तिथि- वैशाख शुक्लपक्ष अष्टमी, नक्षत्र- अश्लेषा, योग- वृद्धि, करण- वव, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः२१, सूर्यास्तः १८ः४१ ।

मेष : कार्यक्षमता र पराक्रममा वृद्धि हुनेछ ।

वृष : पारिवारिक सम्बन्ध थप सुमधुर बन्नेछ ।

मिथुन : आँटे-ताकेका काम नबन्दा मनमा बेचैनी उत्पन्न हुनेछ ।

कर्कट : कार्यव्यस्तता बढ्ने र अधुरा कामहरू बन्नेछन् ।

सिंह : शारीरिक स्वस्थताका कारण कार्यक्षमतामा बढोत्तरी आउने छ ।

कन्या : पेसा तथा व्यवसायमा नोक्सानी हुनेछ ।

तुला : स्वास्थ्य अवस्थामा खराबी हुँदा दिन नरमाइलो हुनेछ ।

वृश्चिक : कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने संभावना छ ।

धनु : अनावश्यक वादविवाद र झै-झगडामा फसिनेछ ।

मकर : भूमि, भवन तथा बाहनबाट लाभ मिल्नेछ ।

कुम्भ : सन्तानका क्रियाकलापले मनमा असन्तोष उत्पन्न गराउनेछ ।

मीन : पदोन्नतिका कारण मन उत्साहित बन्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?