अर्थतन्त्र उकास्न प्रणाली, शासकीयस्वरुप र राज्य संरचनामा नयाँ बहस आवश्यक छ : कमल थापा

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीयस्वरुप र राज्य संरचनाका विषयमा नयाँ खालले बहस थाल्नुपर्ने बताउनुभएको छ ।

उहाँले देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी बढेपनि देश अहिले रेमिटयान्सको भरमा मात्रै चलेको बताउनुभयो ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजनीतिक दलहरूमा अराजनीतिक प्रवृत्ति देखिएको बताउनुभयो । उहाँले राष्ट्रपति हुने व्यक्तिले राजनीतिक स्वार्थ अनुसारका काम गर्न नहुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?