‘सानीमाया’को शुभमुहूर्त

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘सानीमाया’को शुभमुहूर्त गरिएको छ । ८८४८ इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति तथा धिमाल फिल्मस्को निर्माणमा बन्न लागेको चलचित्र ‘सानीमाया’को बिहीबार राजधानीमा शुभमुहूर्त गरिएको हो ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले चलचित्रको शुभमुहूर्त गर्नुभएको थियो । शुभमुहूर्त कार्यक्रममा बोल्दै राईले चलचित्र बनाउनु ठूलो कुरा नभएको तर राम्रो चलचित्र बनाउनु चुनौतीपूर्ण रहेको बताउनुभयो ।

नेपाली चलचित्रको अवस्था नाजुक बन्दै गएको अवस्थामा ‘सानीमाया’ले चलचित्र क्षेत्रमा एक इँट्टा थप्ने उहाँको जिकिर थियो । यस्तै चलचित्रका लेखक एवं निर्देशक देव धिमालले यस चलचित्रमार्फत नयाँ कलाकारले सशक्त अभिनय गर्न सक्छन् भन्ने देखाउने दाबी गर्नुभयो । ‘नयाँ कलाकारबाटै पुरानो हुने हो, यसकारण पुराना र नयाँ कलाकारको संयोजनबाट यो चलचित्र सफल हुने विश्वस्त छु,’ उहाँले भन्नुभयो ।

राज चौधरी निर्माता रहेको चलचित्रमा रामचन्द्र अधिकारी, शारदा गिरी, सावित्रा चिलवाल, राजकुमार शाह, अर्जुन थापा, स्वेच्छा ढकाल, प्रियंका श्रेष्ठ, अभिषेक फुयाँल र कृष्णप्रसाद धिताललगायत कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ । यो चलचिलत्र जेठ दोस्रो सातादेखि छायांकनमा जाने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?