इटालीमा गर्मीका कारण पाँच जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । तातो लहरका कारण इटालीमा पाँच जनाको ज्यान गएको छ । देशभरमा कीर्तिमानी उच्च तापक्रम रेकर्ड भएको बताइएको छ । दक्षिणी अपुलिया क्षेत्रमा समुद्र तटमा गर्मीबाट बच्न खोज्दा ७० देखि ८२ वर्षका चार जनाको मृत्यु भएको एएनएसए समाचार एजेन्सीले जनाएको छ ।

हालसम्म सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये अपुलिया रहेको छ । स्थानीय निकायले अध्यादेश जारी गर्दै आगामी अगस्ट ३१ सम्म निर्माण र बगैंचा केन्द्रको काम दिउँसो गर्न निषेध गरेको थियो । पाँचौं मृतक मध्य लाजियोका रहेका छन् । जुन रोम वरपरको क्षेत्र हो ।

समाचार एजेन्सीका अनुसार उच्च तापक्रमका कारण हृदयाघात भएको र मृत्यु भएको हुनसक्ने बताइएको छ । राजधानीको उपनगरमा एक ६८ वर्षीय पुरुष सडकमा मृत अवस्थामा फेला परेका थिए ।

लाजियोका स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा रोम लगायत यस क्षेत्रका सबै पाँच प्रान्तहरूमा जुलाई १७ सम्मका लागि तातो मौसम चेतावनी जारी गरेका छन् । गर्मीको लहरले लाजियो, अपुलिया, दक्षिणी क्यालाब्रिया र सिसिलीमा व्यापक जंगलमा आगलागी भएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?