सिड्नी । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिनुभएका डेभिड वार्नरले अर्को वर्ष हुने एकदिवसीय च्याम्पियन्स ट्रफीका लागि आफूलाई उपलब्ध रहेको बताउनुभएको छ । वार्नरले गत जनवरीमा एकदिवसीय विश्वकप जितेसँगै सन्न्यास लिनुभएको थियो ।
अस्ट्रेलिया टी-२० विश्वकपबाट बाहिरिएपछि वार्नरले हालै सामाजिक सञ्जालमा एक पोस्ट गर्दै च्याम्पियन्स ट्रफीका लागि आफूलाई उपलब्ध गराउने बताउनुभएको थियो । तर, अस्ट्रेलियाली टोलीका छनोटकर्ता जर्ज बेलीले वार्नरले पूर्ण रूपमा सन्न्यास लिएको मानिएको बताउनुभयो ।
बेइलीले भन्नुभयो, ‘डेभिडले सन्न्यास लिइसकेका छन् र तीनवटै फम्र्याटमा उनले जुन तरिकाले करियर बनाएका छन्, त्यसको प्रशंसा गर्नुपर्छ । त्यसैले हाम्रो रणनीति के हो भने उनी पाकिस्तानमा हुने छैनन् । कसले कहिले ठट्टा गरिरहेको छ भन्ने कुरा हामीलाई कहिल्यै थाहा हुँदैन । उनको करियर शानदार रहेको छ ।’
बेइलीले आफू अझै पनि बाँकी सिनियर खेलाडी (टी-२० र एकदिवसीय) लाई प्राथमिकता दिइरहेको तर भविष्यका लागि पनि तयारी गरिरहेको बताउनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच