आजको मौसम : हावा हुरीसहित हल्का वर्षाको सम्भावना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार आउन अझै केही दिन लाग्ने जनाएको छ । विभागकाअनुसार अहिले बिहान काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा मौसम सामान्य बदली रहेको छ ।

यस्तै देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो तथा राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ । त्यस्तै अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन चट्याङ तथा हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकाले पनि मौसममा सामान्य बदली आएको मौसम विभागले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?