काठमाडौं । रोटरी इ-क्लब डिष्ट्रिक ३२९२, नेपालले २०२४ को क्लब स्थापना दिवस मनाएको छ । रोटरियन राज श्रेष्ठले रोटरी वर्ष २०२४-२५ का लागि १२ औँ अध्यक्षका रूपमा पदभार ग्रहण गर्नुभएको छ । क्लब १३ मे २०१३ मा रोटरी इन्टरनेसनल डिष्ट्रिक ३२९२, नेपाल-भुटानअन्तर्गत स्थापना भई सञ्चालनमा रहेको छ ।
स्थापना समारोहमा क्लबका सदस्य, रोट्र्याक्टर्स, इन्टर्याक्टर्स, रोटाकिड्स र डिष्ट्रिकका लिडर तथा अधिकारीसहित ६० भन्दा बढी सहभागी थिए । निवर्तमान डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद धोजु, डिस्ट्रिक गभर्नर नोमिनी विष्णुबहादुर कार्कीलगायतले सामुदायिक विकासमा रोटरीको महत्व र नेतृत्वको महत्वपूर्ण भूमिकाबारे चर्चा गरेका थिए । असिस्टेन्ट गभर्नर प्रविन भट्टराईले डिष्ट्रिक र क्लबबीचको परस्पर निर्भरता सामुदायिकस्तरमा स्थायी प्रभाव पार्न महत्वपूर्ण रहेको बताउनुभयो । साथै उहाँले रोटरी इन्टरनेसनलकी अध्यक्ष स्टेफनी ए. उर्चिकको दृष्टिकोण र उहाँको थिम ‘द म्याजिक अफ रोटरी’ र डिस्ट्रिक गभर्नर २०२४-२५ राजेन्द्रमान शेरचनद्वारा राखिएको लक्ष्य सार्वजनिक गर्नुभएको थियो ।
अध्यक्ष राज श्रेष्ठले रोटरी वर्ष २०२४-२५ का लागि कार्ययोजना प्रस्तुत गर्दै रोटरी इ-क्लबले सामुदायिक क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानको चर्चा गर्नुभएको थियो, जसमा दलसिङे, काभ्रेमा ६७ लाखको भूकम्प पुनस्र्थापना परियोजना, आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति निरन्तरता, मानसिक स्वास्थ्य कार्यक्रम, वातावरण संरक्षणमा पहल, शान्ति निर्माण प्रयास र वास परियोजना समावेश छन् ।
सो अवसरमा क्लबका आठ चार्टर सदस्य र एसइई पास तीन विद्यार्थीलाई सम्मान गरिएको थियो । क्लबका सदस्य रोटरियन पुनम थापालाई पनि रोटरी लर्निङ सेन्टरमा सबैभन्दा धेरै अंक प्राप्त गर्नुभएका अध्यक्ष राज श्रेष्ठ र निवर्तमान अध्यक्ष राजेन्द्र धोजूले संयुक्त रूपमा सम्मानित गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच