काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरको अध्यक्षमा फेसन डिजाइन र होटल व्यवसायी नितु श्रेष्ठ नियुक्त हुनुभएको छ । काठमाडौंमा सम्पन्न मञ्चको तेस्रो वार्षिक साधारणसभाका अवसरमा उहाँलाई अध्यक्ष नियुक्त गरिएको हो । मञ्चको प्रथम उपाध्यक्षमा एल्भिस रन्जित र द्वितीय उपाध्यक्षमा अनुकूल श्रेष्ठ रहनुभएको छ ।
मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकांक (केपिआई)का आधारमा साबिकका अध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्ष संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्छ । कार्यसमितिको अवधि एक वर्षको हुने व्यवस्था छ । सदस्यमा प्रकिरण श्रेष्ठ, शिखर पाण्डे, निरज अग्रवाल, जश श्रेष्ठ, पलस जोशी, अशांक समशेर जंगबहादुर राणा र निशान ढकालका साथै निवर्तमान अध्यक्ष सुविन श्रेष्ठ पदेन सदस्य रहेका छन् ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले स्टार्टअप उद्यमीलाई व्यावसायिक स्रोत र संरक्षण प्रदान गर्ने इन्क्युबेसन कार्यक्रम सञ्चालन गर्ने, उद्यमीलाई अन्तर्राष्ट्रिय संस्था र सरकारी निकायमार्फत् अवसरहरूसँग जोड्ने र सदस्य लक्षित नेतृत्व विकास तालिमलाई निरन्तरता दिने, महिला उद्यमीलाई स्रोत, संरक्षण र प्लेटफर्ममार्फत् विशेष जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच