
काठमाडौं । जुपिटर मिडियाले डेस्टिनेसन युके टेलिभिजन कार्यक्रम सुरु गरेको छ । बेलायतको शैक्षिक गन्तव्यलाई केन्द्रमा राख्दै त्यहाँका विभिन्न शहर भ्रमण गरेर शैक्षिक संस्थाको वास्तविकता, नेपाली विद्यार्थीको अवस्था र नेपाली समुदाय तथा नेपाली विद्यार्थीले प्राप्त गरेका विभिन्न सफलताको स्थलगत अध्ययनसहितको यथार्थ प्रस्तुत गर्ने उद्देश्यका साथ श्रव्य दृश्यात्मक टेलिभिजन कार्यक्रम डेस्टिनेसन युके टेलिभिजन कार्यक्रमको शुभारम्भ गरेको हो । काठमाडौंमा आयोजित उक्त कार्यक्रमको प्रायोजकका रूपमा युनिभर्सिटी अफ वोल्भरहृयाप्टन, युनिभर्सिटी कलेज बर्मिंग्हाम, सोलेन्ट युनिभर्सिटी, युनिभर्सिटी अफ हर्टफोर्डसायर, युनिभर्सिटी अफ बेडफोर्डचेयर, युनिभर्सिटी अफ वोस्टर, युनिभर्सिटी अफ सेन्टर ल्यानक्यासार रहेका थिए ।
सह–प्रायोजकका रूपमा युनिभर्सिटी अफ क्रियटिभ आर्ट्स, अक्सफोर्ड इन्टरनेसनल, योर्क सेन्ट जोन युनिभर्सिटी र युनिभर्सिटी अफ दि वोस्ट अफ स्कटल्याण्ड रहेका थिए । न्युज २४ टेलिभिजनमार्फत् प्रसारण हुने कार्यक्रमको ट्राभल पार्टनरमा सेगल नेपाल, क्रियटिभ पार्टनमा विभूति सोलुसन र अनलाइन मिडिया पार्टनरमा एडुकास्ट नेपाल तथा नेपाल नक्सा रहेका छन् । कार्यक्रम उद्घाटन युनिभर्सिटी अफ वोल्भरहृयाम्प्टनका उपकुलपति प्रोफेसर इब्राहिम आदिया र जुपिटर मिडियाका अध्यक्ष राजु आचार्यले संयुक्त रूपमा गर्नुभएको थियो ।
एसोसिएसन अफ ब्रिटिस एलुम्नाइ इन नेपाल (एबिएएन) का पूर्वअध्यक्ष उत्तम पन्तले जुपिटर मिडियाले नेपाली शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै डेस्टिनेसन युके प्रोग्राममार्फत् नेपाली विद्यार्थी तथा अभिभावकले बेलायत अध्ययनबारेमा सही जानकारी पाउने विश्वास व्यक्त गर्नुभएको थियो भने ब्रिटिस काउन्सिलका हेड अफ अपरेसन सुविन बज्राचार्यले जुपिटर मिडियाद्वारा शैक्षिक क्षेत्रका विभिन्न समस्या उजागर गर्नुका साथै नेपालभित्र र बाहिरका शैक्षिक अवसर पनि उजागर गर्ने कार्य निरन्तर भएको बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच