✍️ खेमनाथ दाहाल
बिहानीपख कफी बनाउँदै गर्दा डोनाल्ड कोही परिचितसँग गुनगुनाएको आभाष भयो मलाई । म कफी ग्र्याण्डिङ गरेर सिधै काउन्टरमा पुगेँ र उनीहरूतिर नजर दौडाएँ । एकाएक डोनाल्डसित कुरागरी गरिरहेकी क्रिष्टिनाले हाँस्दै मलाई हात हल्लाई र शुप्रभातम् भनेर शिष्टाचार निर्वाह गरी । अप्रत्याशित उसलाई देखेर छक्क पर्र्दैै मैले शुप्रभातम् भनेँ पनि यति बिहानै किन र कसरी ? यो आइपुगी भनेर म सशंकित भएँ ।
म छक्क परिरहेकै अवस्थामा पत्रिका र डोनटवाला आइपुगेकोले म हतार गर्दै ढोका खोल्न गएँ । मैले ढोका खोल्नासाथ डोनटवाला भित्र आएर आफ्नो काम गर्न थाल्यो । यति बेलासम्ममा डोनाल्डले दुई पोका पत्रिका ढोकामा राखिदियो । मैले दुवै पोका भित्र ल्याएर राखेँ र थप लिन ढोकामा पुग्दा नपुग्दै डोनाल्ड र क्रष्टिना दुवै सँगसँगै जस्तो भित्र पसे । मैले डोनाल्डले नदेख्ने गरी मुस्कुराएर क्रिष्टिनाको स्वागत गरेँ । डोनाल्डले सुन्ने गरी क्रिष्टिनाले ‘के छ खबर मेरा प्याराको ?’ भनेर मेरो मुस्कानको प्रत्युत्तर दिई । उसले डोनाल्डका अगाडि मेरा प्याराभन्दा मलाई कताकता लज्जाबोधको महसुस भयो । मैले सर्माउँदै केवल राम्रो छ मात्र भनेर क्रिष्टिनालाई आँखा तरेँ र मुस्कुराउँदै डोनाल्डतिर हेरेँ ।
एकाएक टुप्लुक्क आइपुगेकी क्रिष्टिनाले एकै सासमा ऊ आज पेचकतिर हिँडेकी र बाटाको मेरा हातको कफी छाड्न नसकेको कुरा भन्न भ्याई । उसको हाउभाउ र उसले मसित गरेको प्रेमिल कुराकानीहरू मुस्कुराउँदै सुनिरहेको डोनाल्डसँग भने मैले तत्काल आँखा जुदाइन र क्रिष्टिनालाई खुवै बोल्न दिएँ । मुस्कुराउँदै पेपर मिलाउँदै गरेको डोनाल्डलाई देखेर मैले क्रिष्टिनालाई मनमनै धन्यवाद दिएँ, कमसेकम केही मिनट भए पनि डोनाल्डको व्यथित मनमा उषाको लाली त छरिदिई भनेर ।
केहीबेर प्रेमिल कुराकानी गरेर हातमा कफी बोक्तै आफ्नोे बाटो लागेकी क्रिष्टिनालाई हामी दुवैले गाडी चडुन्जेल हेरिरहृयौँ । ऊ गाडी चड्ने बित्तिकै डोनाल्डले हाँस्तै सोधो ‘यो केटीसित तेरो नेपालदेखिकै चिनाजाना भएको हो कि क्या हो ?’ मैले भने, ‘होइन डोनाल्ड ! तलाई याद छ केही दिन पहिले तलाई मैले एउटी केटीले आज पर्स हरायो भनेर रोएर नाटक गरी भनेको थिएँ नि त्यही केटी हो यो’ भनेँ । मेरो यो उत्तरले ऊ चकित भएझैँ भयो र भन्यो ‘यो केटीले त्यस्तो व्यवहार कसरी गरी त ! केटी त सुसंस्कृत देखिन्छे । उसले मध्यरातमा त्यस्तो नाटक गरी ! यो त अनुमान नै गर्न सकिँदैन । यसको फैसन तौरतरिकाले त शिक्षित र राम्रो नोकरी भएकी केटी जस्तो लाग्छ तैँले सोधेको छैनस् ?’
केहीबेर प्रेमिल कुराकानी गरेर हातमा कफी बोक्तै आफ्नोे बाटो लागेकी क्रिष्टिनालाई हामी दुवैले गाडी चडुन्जेल हेरिरहृयौँ । ऊ गाडी चड्ने बित्तिकै डोनाल्डले हाँस्तै सोधो ‘यो केटीसित तेरो नेपालदेखिकै चिनाजाना भएको हो कि क्या हो ?’
यसैबीचमा ग्राहक आएकोले म फेरि रजिष्टरतिर लम्किए तसर्थ उसको त्यसपछिको वाक्यमा के के भन्यो मैले बुझ्न सकिन । म फर्केर यथास्थानमा आउने बित्तिकै डोनाल्डले आफ्नो थाती कुरालाई म विचाररहेको छु तँसित कसरी यो केटी धेरै वर्ष पुरानो प्रेमीसँग कुरा गरे जस्तो प्रेमिल कुरा गरिरहेकी छ ? अस्ति बिहान पनि यसले पुरानो प्रेमीसँग गरिने व्यवहार गरे जस्तो आभाष भएको थियो तर आज पुनः त्यही व्यवहार दोहोर्याएर हिँड्दा लाग्छ यो तेरी पुरानो प्रेमीका हो !
डोनाल्डले आशंका, प्रेम, संस्कार र शिक्षाको चाश्नी बनाएर सोधेका प्रश्नको उत्तर कसरी दिने म एकछिन सोचमग्न भएँ । सोचेँ म कुन बाटो जाऊँ ? लिपपोतको बाटो जाऊँ कि ? यथार्थको बाटो । अन्त्यमा मैले यथार्थ खोल्ने मनशाय बनाएँ । सविस्तार क्रिष्टिनाको र मेरो बीचको यथार्थ कहानी भन्ने मनशाय भएपछि मैले भनेँे ‘डोनाल्ड ! यो क्रिष्टिनाको कुराले बेला-बेला म आफैँ पनि अचम्मित हुन्छु र द्विविधामा पर्छु ।
नाटक मञ्चन गरेको केही दिनपछि एउटा भलादमी केटोसँग यहाँ आएकी क्रिष्टिनाले विनम्रतापूर्व मैले मेरो पर्स हराएको आवेगमा ब्यर्थमा तँलाई आक्षेप लगाएँ त्यसदिन भन्दै आफूले गरेको व्यहारमा खेदप्रकट गरेर माफि मागी । भावुक भएर पटक पटक मेरो नाम उच्चारण गर्दै मलाई सहृदयी नेपालीको ट्याग भिराउँदै त्यो केटालाई मेरो परिचय गराई । यतिमात्र होइन मेरो तारिफको पूल बाँध्दै मेरो सम्मानित राम्रो साथी भनेर हावा भरी । उसको परिचय गराउने कलामा म छक्क परेँ म कसरी उसको सम्मानित साथी हुनपुगेँ ? द्विविधामा परेँ’, तर केही भनिन ।
आफ्नो साथीसँग हिँडेको दोस्रो दिनको बिहानै क्रिष्टिना पुनः झुल्किई । यसलाई देख्ने बित्तिकै सदा झैँ उसको नाटक सम्झेर म झस्किएँ । तर मेरो सोचाइको विपरीत त्यसदिन मायालु भाकामा पुनः ‘मलाई माफी गर ! मलाई कसैले धोका दियो र त्यो अवस्थामा पुर्यायो । मेरो सानो गल्तीले अनायाश तँसँग दुर्घटना हुन पुग्यो’ भनेर मायालाग्दो अनुहार बनाई । उसको मुहार र नम्रतामा म पग्लिएँ र ‘तिमी त दुर्घटनामा पर्यौ-पर्यौ तर मलाई समेत दोषी बनाउने यत्न गर्यौ’ भनेर पन्छिन खोजेँ ।
मेरो भनाइ सुनेर उसले ‘तिमीलाई झन्झट नहोस् भनेर नै तिमीले पुलिस भन्ने बित्तिकै म तर्किएकी हुँ त्यस दिन’ भनी र मप्रति सहानुभूति जनाई । मैले ‘मेरो गल्ती के थियो र मलाई झन्झट हुनेँ ?’ भनेर प्रश्न गरेँ । उसले तुरुन्त ‘पुलिस केस प्रवासीको लागि झन्झटिलो हुन्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ’ भनेर मेरो मन जित्न खोजी । उसले यसो भन्नासाथ डि.सी.मा एफ.बि.आईसँगको जम्काभेटलाई सझिएँ । त्यसपछि तर्क नगरी प्रतिक्रियाविहीन भएर उसको कुरा सुनिमात्र रहेँ ।
अहिले क्रिष्टिना दुई दिन जसो बिराएर यहाँँ आउन थालेकी छ । पहिले-पहिले यहाँँ आएर चकलेट, कोक, कफीजस्ता सामान्य सामान लिएर जाने गरी । क्रमशः आउने क्रम बढाएर धेरै दिनपछि पुरानो मित्रसँग भेट भएझैँ मेरो बारेमा सोधखोज गर्न थाली । मैले अमेरिकामा अरूको बारेमा चासो राखिँदैन र कसैले राख्यो भने मन पराइँदैन भन्ने सुनेको थिएँ तर यहाँँ त त्यसको विपरीत यसले मप्रति अनावश्यक चासो लिइराखेको जान्दाजान्दै पनि मैले क्रिष्टिनासँग नचाहिँदो वा झुट नै भन्नुपर्ने आवश्यकता महसुस गरिन र उसका प्रश्नको सरल उत्तरहरू दिँदै रहेँ ।
त्यहाँँ पसेर हामीले स्वयंले युद्धमा मारेकाहरूका अनाथ अपांग बालबालिका र तिनीहरूलाई व्यवस्थित गरेको देखेर चकित अनि भावविभोर भयौँ । चटक्क पारेर मिलाइका बिछ्यौना त्यही अनुरूप खाने बस्ने र शिक्षाको व्यवस्था सुकसुकाउँदा नानीहरू । यो देख्ता लाग्छ भियतनाममा युद्ध भएकै छैन
यति भनेर म चुप भएँ । म चुपलाग्ने बित्तिकै डोनाल्डले ‘ऊसँग आउने त्यो केटो को हो ? सोधिनस्’ भनेर प्रश्न गर्यो । उसको प्रश्नले मेरो मनमा आशंकाको बीजारोपण भएपनि मैले सहज उत्तर ‘सोधिनमात्र’ भनेँ । मैले हत्तपत्त यति भन्नासाथ उसले ‘तँप्रति त्यत्रो चासो राख्ने मानिससँग हिँड्नेलाई किन नसोधेको सायद त्यो तेरो जार पो हो कि ?’ भनेर व्यंग्य गर्दै फिस्स हाँस्यो । डोनाल्डले जारभन्दा मेरो मन चसक्क चस्कियो । तथापि मलम लगाउँन मैले ‘दाजुभाइ पनि हुन सक्तछ नि ! जारै कसरी भन्ने र ? ल जारै रहेछ भने झन् राम्रो भएन र ! तेरो अमेरिकी समाजमा लिभिङ टुगेदर त सामान्य कुरा नै हो नि’ भनेर कुरा अन्यत्र मोड्न खोजेँ । उसले ‘प्रेमको यत्रो बिस्कुन लाएर तँलाई जाल हालेको थाहा पाईपाई साधु बिरालो नबन’ भनेर मलाई जिस्क्याउन थाल्यो । म डोनाल्डले यति चाडै क्रिष्टिनालाई पढेकोमा छक्क परेँ ।
केही दिन यता म पनि क्रिष्टिनाको चालढालमा सशंकित भएको छु । यसको प्रेमिल हाउभाउलाई निहारिरहे पनि कसैसँग बाँड्न सकेको छुइन । तर, अहिले डोनाल्डले जारभन्दा मलाई कता कता त्रास र कौतुहलले एकै पटक अख्य्राएको आभाष भयो । मैले आफूलाई दरो बनाउन हाँस्तै जताभावी जार नभन नि सुनी भने बुढेसकालमा हाल्ली मुद्दा तँलाई क्रिष्टिनाले’ भनेर जिस्काएँ । एकछिन पछि समालिँदै केटालाई उसको प्रेमीका रूपमा अड्कल काटेर केही सोधिन’ भनेँ । मैले यति भनेपछि डोनाल्डले हाँस्तै ‘तेरो मनमा केही कुरा राख्तैनस् यही मलाई मनपर्छ र मेरो घरमा पनि तेरो चर्चा गरिरहन्छु म’ भनेर मलाई चुल्यायो । मैले आफ्नो प्रशंसा यसभन्दा बढी सुन्न चाहिन । बरु प्रसंग बदल्न तुरुन्त क्रिष्टिनाको सुन्दरताको चर्चालाई वर्तमान विषय वस्तुमा परिणत गरेँ र केही लजाउँदै उसको रूपलाई सुन्दरताको कुन श्रेणी र परिधिभित्र राखेर परख्न सकिन्छ डोनाल्ड भनेर पानीमाथिको ओभानु बन्न खोजेँ ।
मेरो यो धूर्त चालमा ‘चोरको बाबु चण्डाल’ डोनाल्ड कहाँ झुकिन्थ्यो ! केहीबेर मेरो कुरा एकाग्र भएर सुनेपछि ‘अब मैले प्रेम र सुन्दरताबीचको विभेदको अध्ययन गर्नुप¥यो होइन ?’ भनेर व्यग्य कस्यो । म बोलिन । मेरो मौनतालाई उसले कमजोडीमा रूपान्तरण गदैँ ‘तँ सिधै त्यसको सुन्दरतामा म मुग्ध छु भन्नुको साटो प्रेम र सुन्दरताको अपव्याख्या गरेर किन भ्रम सिर्जना गर्दै विभिन्न रंग भर्न खोज्छस् ?’ भन्यो । उसको यो भनाइमा म आत्मविस्मृत भएर उसलाई नियाल्न थालेँ । ऊ भन्दै गयो ‘हो ! केही हदसम्म सुन्दरता र प्रेममा अन्योन्याश्रित सम्बन्ध पनि होला म मान्दछु तर क्रिष्टिनाको सुन्दरताका प्रसंगको आवरणमा तेरो प्रेम प्रकटलाई म निहालिरहेको छु । तँ मोहित भएर पटक-पटक उसको कुरा निकालिरहेको छस् तर भन्न सकेको छैनस् ।’ अन्ततः उसले भन्दाभन्दै यतिसम्म भन्न भ्यायो ।
मैले डोनाल्डसँगको यो सम्वादमा आफ्नो प्रेमलाई पर्दा हाल्न र त्यसमा माधुर्य भर्न सुन्दरतामा को मोहित हुँदैन भनेर विश्वामित्र र मेनकाको कथा सुनाएँ । कथा सुनाउँदै गर्दाे झट्ट महाकवि भारवि यो श्लोक मेरो मुखबाट खुस्कियो
उडुराजमुखी, मृगराजकटिर्गजटाजविराजितमन्दगतिः ।
यदि सा वनिता हृदये निहिता क्व जपः क्व तपः क्वसमाधिरति ।
उसले नबुझेर के भनेको भन्नुपूर्व उसलाई चन्द्रमा जस्तो सुन्दर बदन, मृगको जस्तो छिनेको कम्भर, हात्तीको जस्तो मन्द गतिले हिँड्ने कुनै सुन्दरी मनमा बसिन् भने रतीका अगाडि जपतप र समाधि भनेर को रहला ? मेरो यो भनाइ सुनेर डोनाल्ड फिस्स हाँस्यो । यो हँसाइ मेरो प्रेम स्वीकारोक्तिमा उसको विजयको बिम्ब हो कि ? मेरो प्रलेपनमा व्यङ्ग्य हो म द्विविधाग्रस्त भएँ ।
मेरो वर्तमान स्थिति र हाउभाउलाई उसले धेरैबेर पचाउन सकेन र फिस्स हाँस्तै प्याच्च ‘तँ बल्ल बाटोमा आइस् तँ प्रेम पनि गर्ने अनि भन्न पनि लाज मान्ने वा डराउने ? यस्तो डबल स्टेण्डरमा बस्न पाइन्छ ?’ भन्यो ‘हो सिधै भन्न रतीका अगाडि दैवको केही चल्दैन । तेरा अगिका श्लोकको यही भाावार्थ होइन ?’ उसको भनाइमा म केवल मुस्कुराएँ । मेरो कुराको समर्थन जनाउँदै उसले रतिराग भनेको के हो ? भनेर एकछिन ठाउँ ठाउँका लडाइँमा भेट भएका सम्भ्रान्त सुन्दरीहरूले मृत्युको मुखमा छु भनेर जान्दाजान्दै पनि कसरी आफूलाई समर्पण गर्न अग्रसर भएका थिए भनेर केही उदाहरण दियो । आफू उद्धारकको रूपमा गएकोले जीवनभर हेर्न नपाइने सुन्दरीहरूका आग्रहलाई नकारेको यदाकदा भने सपना जस्तो लाग्छ भन्दै अन्त्यमा भियतनाम युद्धमा भेट भएकी एउटी सुन्दर भियतनामी केटीको अनुरागमा आफू आशक्त भएको घटनालाई कथाको शैलीमा प्रस्तुत गर्न थाल्यो । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच