बार्सिलोना । १७ वर्षीय लामिन यमल युरोकपबाट उदाएसँगै उहाँको चर्चा शिखरमा पुगेको छ । कम उमेरमै आफ्नो देशका लागि युरोकप जित्न सफल यमलको ध्यान अब क्लब बार्सिलोनातर्फ देखिएको छ । यसैबीच यमलका सुपर एजेन्ट जर्ज मेन्डेजले बार्सिलोनालाई यमलको पारिश्रमिक तुरुन्त बढाउन माग गर्नुभएको छ ।
मिडिया रिपोर्टका अनुसार यमलको बार्सिलोनामा २०२६ सम्म सम्झौता रहेको छ र उहाँको हाल प्रतिसाता करिब ३५ हजार डलरमात्र पारिश्रमिक रहेको छ । बार्सिलोनाले यसअघि यमलको पारिश्रमिक २०२६ पछिमात्र बढाउने भने पनि युरोकपको प्रदर्शन र सुपर एजेन्टको दबाबपछि तुरुन्त पारिश्रमिक बढाउने तयारीमा रहेको उल्लेख गरिएको छ ।
युरोकपको सफलतापछि यमल बार्सिलोनाका लागि खेलाडी र कमर्सियल रूपमा पनि सफल हुन सक्ने देखिएपछि बार्सिलोना पारिश्रमिक बढाउन तयार भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
बार्सिलोनामा हाल सर्वाधिक पारिश्रमिक रहेका खेलाडी नेदरल्याण्ड्सका फ्रांकी डी जोंग हुनुहुन्छ । उहाँको प्रतिसाता पारिश्रमिक सात लाख ८५ हजार डलर रहेको छ । त्यस्तै त्यसपछि रोबेर्ट लेवानडोस्कीको प्रतिसाता पाँच लाख ६७ हजार डलर रहेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच