✍️ प्रा.तोयराज नेपाल
आषाढ शुक्ल पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ । यसदिन ज्ञानप्रदान गर्ने गुरुजनप्रति सम्मान एवं कृतज्ञता प्रकट गर्न गुरुपूजा गर्ने परम्परा छ । गुरुको पूजा गर्नु विद्या र विद्याका अधिष्ठात्री देवताप्रतिको सम्मानको परिसूचक पनि हो । व्यक्ततिगत रूपमा गुरुका घरमा गएर गुरुको पूजा गर्नुकासाथै विद्यालय, महाविद्यालय र विश्वविद्यलयमासमेत सामूहिक रूपमा गुरुको पूजा गर्ने परम्परा पनि प्रचलित छ । गुरुको पूजा केवल पूजाका रूपमा मात्र नभई उहाँहरूमा रहेको ज्ञान विज्ञानको पुरस्कारको परिपूरक पनि हो । यसबारे शिवपुराणमा यस्तो उल्लेख छ-
तथैव गुरुसम्पर्कात् पापं त्यजति मानवः ।
यथा वहिृनसमीपस्थो घृतकुम्भो विलीयते ।। तथा पापं विलीयेत हृयाचार्यस्य समीपतः। यथा प्रज्वलितो वहिृनः शुष्कमार्द्रं च निर्दहेत् ।। तथायमपि सन्तुष्टो गुरुः पापं क्षणाद्दहेत् । मनसा कर्मणा वनचा गुरोः क्रोधं न कारयेत् ।। तस्य क्रोधेन दहृयन्ते हृयायुःश्रीज्ञानसत्क्रियाः।।
शिवपुराण वायवीयसंहिता उत्तरभाग
१५र २७, २८, २९, ३०
जसरी पापीहरूका संगतले मानिस पनि पापी एवं पतित हुन्छ, जसरी आगामा तताएपछि आगाका सम्पर्कले सुवर्णले आफूमा रहेको मैलोपन त्याग्दछ र कञ्चन हुन्छ, जसरी आगाका छेउमा रहेको कुम्भको घ्यू पग्लन्छ, त्यसरी नै गुरुका सम्पर्कले गुरु खुसी भएपछि सम्पूर्ण पापहरू जलेर भष्म भई बिलाएर नष्ट हुन्छन् । त्यसकारण मन, वचन र कर्मले गुरु रिसाउने काम कहिल्यै गर्नु हुँदैन । गुरु रिसाउनुभयो भने गुरुका क्रोधले आयु, सम्पत्ति, ज्ञान, विज्ञान र आफ्ना सम्पूर्ण सत्कर्महरू भष्म हुन्छन् । त्यसकारण गुरुलाई सधैं सन्तुष्ट राख्नुपर्दछ ।
गुरुर्ब्रहृमा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परब्रहृम तस्मै श्रीगुरवे नमः।। अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः।। अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् । तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः।
गुरु भनेका ब्रहृमा, विष्णु, महेश्वर र साक्षात् परब्रहृम स्वरूप हुनुहुन्छ । जसले मानिसमा रहेको अज्ञानरूपी अन्धकारलाई हटाएर ज्ञानरूप ज्योति जगाइदिनुहुन्छ र जीवनलाई सार्थक बनाइदिनुहुन्छ । अनि चराचर सम्पूर्ण जगत् जुन् परमात्माद्वारा व्याप्त छ त्यस्तो सर्वव्यापक परमात्माको वास्तविक तत्व बुझाएर छर्लंग पारी अज्ञानलाई हटाई ज्ञानज्योति जगाएर संसार सागरबाट पार लगाइदिनुहुन्छ ।
गुकारश्चान्धकार : स्याद्रुकारस्तस्य नाशकः । तयोरैक्यं परं ब्रहृम गुरुरित्यभिधीयते । अर्थात् ‘गु’ शब्द अन्धकार वाचक हो भने ‘रु’ शब्द अन्धकारको नाशक हो । यी दुई शब्दको जब एकीभाव हुन्छ, तब ‘गुरु’ शब्द बन्दछ । त्यसैले गुरु शब्द परब्रहृम वाचक पनि हो । गुरुका बारेमा शिवपुराणमा अरू पनि भनिएको छ ।
यो गुरुः स शिवः प्रोक्तो, यः शिवः स गुरुः स्मृतः ।
गुरुर्वा शिव एवाथ, विद्याकारेण संस्थितः । (शि.पु.वा.सं.उ.भा.१५ र २०) जो गुरु हुनुहुन्छ, उहाँ शिव नै हुनुहुन्छ, अनि जो शिव हुनुहुन्छ, उहाँ साक्षात् गुरुस्वरूप हुनुहुन्छ । विद्याका रूपमा गुरु नै शिव बनेर रहनुभएको छ ।
यथा शिवस्तथा विद्या यथा विद्या तथा गुरुः । शिवविद्यागुरूणाञ्च पूजया सदृशं फलम् ।। (तत्रैव २१)
जस्ता शिव हुनुहुन्छ, त्यस्तै विद्या छ, जस्तो विद्या छ, त्यस्तै गुरु हुनुहुन्छ, त्यसैले शिव, विद्या र गुरुको पूजनबाट समान फल पाइन्छ ।‘ सर्वदेवात्मकश्चासौ, सर्वमन्त्रात्मको गुरुः...’ शिव सम्पूर्णदेव स्वरूप हुनुहुन्छ भने गुरु सर्वमन्त्रस्वरूप हुनुहुन्छ । गुरु सम्पूर्ण मन्त्रका मूर्तरूप हुनाले र मन्त्र सिद्धिबाट शिवको प्राप्ति हुने हुनाले शिष्यले गुरुको आज्ञा सदा पालन गर्नुपर्छ । जसले गुरुको आज्ञा पालन गर्दछ भने त्यसले ज्ञान र ऐश्वर्यको उपभोग गर्न पाउँछ । शिष्यले गुरुका अगाडि केही काम गर्नु प¥यो भने गुरुको आज्ञा लिएरमात्र गर्नुपर्दछ ।
गुरु सम्पूर्ण मन्त्रका मूर्तरूप हुनाले र मन्त्र सिद्धिबाट शिवको प्राप्ति हुने हुनाले शिष्यले गुरुको आज्ञा सदा पालन गर्नुपर्छ । जसले गुरुको आज्ञा पालन गर्दछ भने त्यसले ज्ञान र ऐश्वर्यको उपभोग गर्न पाउँछ । शिष्यले गुरुका अगाडि केही काम गर्नु पर्यो भने गुरुको आज्ञा लिएरमात्र गर्नुपर्दछ ।
दत्तात्रेयले २४ गुरु मानेका छन् भने २५औं गुरुका रूपमा आफ्नै देहलाई पनि मानेका छन् । दत्तात्रेयका २४ गुरु यस प्रकार छन् । पृथिवी, वायु, आकाश, जल, अग्नि, चन्द्रमा, सूर्य, परेवा, अजिंगर, समुद्र, पुतली, भ्रमरो र (त्यसको सजाति मौरी), हात्ती, मह काढ्ने मानिस, हरिण, माछो, पिंगला नामकी वेश्या, कुररपक्षी (न्याउली), बालक, कुमारी (कन्या, बाण बनाउने मानिस, सर्प, माकुरो र कुमालकोटीसमेत २४ गुरु हुन् भने २५औं गुरु आफ्नै देह हो भनेर मानेका छन् ।
यी प्रत्येकबाट केहीन केही शिक्षा लिएर दत्तात्रेयले गुरु मानेका हुन् । वास्तवमा संसारका सबै चीजलाई गुरु मान्न सकिन्छ । जसबाट राम्रा कुरा सिकिन्छ र जसबाट नराम्रा कुरा बुझेर नराम्रा कामबाट निवृत्त हुन सकिन्छ, अर्थात् यो काम गर्न नहुने रहेछ, भनेर नराम्रा कुरा छाड्न सहयोग पुग्छ त्यसलाई पनि गुरु मान्नु पर्दछ ।
जे-जेबाट सिकिन्छ सुन्दर कुरा यद्वा नराम्रा कुरा, राम्रा चीज लिएर पालन गरौं छाडौं नराम्रा कुरा । संसारैभरका पदार्थ सब नै हुन्छन् सबैका गुरु, यस्तो भाव लिएर सर्वजनमा सम्मान गर्नू अरू । यसकारण समाजमा सही बाटो देखाएर यस लोकमा सुख ऐश्वर्यको भोग गराउन र परलोकमा मोक्ष गराउनसमेत गुरुको भूमिका महत्वपूर्ण हुने हुँदा शास्त्रले गुरुको अत्यन्त ठूलो महत्व प्रतिपादन गरेको छ । ॐ गुरुदेवतायै नमः।
व्यासजयन्ती र व्यासपूजा
आषाढशुक्ल पूर्णिमासँगै व्यास जयन्ती र व्यास पूजाको दिन पनि हो । यस प्रसंगमा व्यासको सम्झना गर्नु र उहाँको पू्जा गर्नु पनि हाम्रो कर्तव्य हुन्छ । आज गुरुपूजाको दिन पनि भएकोे हुँदा व्यास ता अझ संसाारकै महागुरु स्वरूप हुनुहुन्छ । त्यसैले उहाँको पूजा एवं सम्मान गर्नु त हाम्रो झन् ठूलो कर्तव्य हुन्छ ।
ततः सप्तदशे जातः सत्यवत्यां पराशरात् ।
चक्रे वेदतरोः शाखा दृष्ट्वा पुंसो क्ल्पमेधसः।। श्री.भा.१ र ३ र २१
द्वापरे समनुप्राप्ते तृतीये युगपर्यये जातः पराशराद्योगी वासव्यां कलया हरेः ।। श्री.भा.१ र ४ र १४
वर्तमान चतुर्युगीको तेस्रो युग द्वापर युगमा विष्णुभगवान्को अंशबाट पराशरमुनि र सत्यवतीका गर्भबाट सत्रौं अवतारका रूपमा व्यासजीको अवतार भएको हो । पहिले वेदविद्यारूप एउटै ठूलो वृक्ष थियो । जसलाई गुरु मुखबाट सुनेर सबैले धारण गर्न सक्तथे । पछि मानिसको धारणाशक्ति कम भएको देखेर वणयासले वेदविद्यालाई चार भागमा विभाग गर्नुभयो ।
भगवान्ले आफैं भन्नुभएको छ, पुराणविद्याको ग्रन्थसंख्या शतकोटि अर्थात् एक अर्ब छ, जो अहिले पनि देवलोकमा विद्यमान छ । तर मनुष्यलोकका व्यक्तिको बुद्धि र धारणाशक्तिमा कमी भएको हुँदा शतकोटि संख्याबाट संकषेप गरी मुख्य–मुख्य छानेर मनुष्यलोकका लागि चार लाख ग्रन्थ झिकी त्यसलाई पनि अठ्ठार भाग गरी अष्टादश पुराणको रचना गरेको हो ।
वीर्यं तेजो बलं चाल्पं मनुष्याणामवेक्ष च । हिताय सर्वभूतानां वेदभेदान् करोति सः।। विष्णुपु.३ र ३ र ६ पुराणविमर्श (६३) कालान्तरमा द्वापरयुगमा मानिसको बुद्धि तेज वीर्य र धारणाशक्ति कम भएको देखेर व्यासले वेदरूप वृक्षलाई पहिले चार भाग गरी पछि तिनका पनि अनेक शाखामा विभाग गर्नुभयो । द्वापरे द्वापरे विष्णुव्र्यासरूपी महामुने । वेदमेकं सुबहुधा कुरुते जगतो हितः ।। वि.पु.३ र ३ र ५
द्वापरे द्वापरे विष्णुव्र्यासरूपेण सर्वदा । वेदमेकं स बहुधा कुरुते हितकाम्यया ।। अल्पायुषोक्ल्पबुद्धींश्च विप्रान् ज्ञात्वा कलावथ । पुराणसंहितां पुण्यां कुरुतेक्सौ युगे युगे ।। देवीभाग.१ र ३ र १९,२० पुराणविमर्श (६३) विदविद्याका साथै एक अरब ग्रन्थसंख्या भएको पुराण विद्यालाई पनि चार लाख ग्रन्थसंख्यामा १८ भागमा विभागर गरी अष्टादश पुराणको रचना गर्नुभयो ।
व्यासरूपमहं कृत्वा संहरामि युगे युगे । चतुर्लक्षप्रमाणेन द्वापरे द्वापरे सदा ।। तदष्टादशधा कृत्वा भूर्लोके क् स्मिन् प्रकाशते ।। अद्यापि देवलोकेक् स्मिन् शतकोटिप्रविस्तरम् ।। तदर्थोक्त चतुर्लक्षं संक्षेपेण निवेशितम् ।। (मत्स्यपु., पद्मपु., पुराणविमर्श पृ.७, ७० एवं पुराणसन्दोहश्चतुर्लक्ष उदाहृतः। श्रीभाग.१२ र १३ र ९ भगवान्ले आफैं भन्नुभएको छ, पुराणविद्याको ग्रन्थसंख्या शतकोटि अर्थात् एक अर्ब छ, जो अहिले पनि देवलोकमा विद्यमान छ । तर मनुष्यलोकका व्यक्तिको बुद्धि र धारणाशक्तिमा कमी भएको हुँदा शतकोटि संख्याबाट संकषेप गरी मुख्य मुख्य छानेर मनुष्यलोकका लागि चारलाख ग्रन्थ झिकी त्यसलाई पनि अठ्ठार भाग गरी अष्टादश पुराणको रचना गरेको हो ।
अचतुर्वदनो ब्रहृमा द्विबाहुरपरो हरिः । अभाललोचनः शम्भुर्भगवान् बादरायणः ।। अर्थात् चार मुख नभएका ब्रहृमा, दुई हातमात्र भएका विष्णु र निधारमा आँखा नभएका महेश्वर भनेका भगवान् व्यास नै हुनुहुन्छ । अर्थात् व्यास भनेका ब्रह्मा, विष्णु र महेश्वर तीनै देवस्वरूप हुनुहुन्छ भनिएको हो । व्यासाय विष्णुरूपाय व्यासरूपाय विष्णवे । नमो वै ब्रहृमनिधये वासिष्ठाय नमो नमः।। व्यासं वसिष्ठनप्तारं शक्तेः पौत्रमकल्मषम् । पराशरसुतं वन्दे शुकतातं तपोनिधिम् पुराणविमर्श (६२)
अर्थात् विष्णुरूप व्यास र व्यासरूप विष्णु जो वेदका खानी र निष्पाप हुनुहुन्छ । उहाँ वसिष्ठका पनाति, शक्तिका नाति, पराशरका छोरा र शुकदेवका पिता र तपस्याका खानी अर्थात् सधैं तपस्यामा रत हुने व्यासजीलाई वन्दना गर्दछु । व्यासोच्छिष्टं जगत् सर्वम् अर्थात् संसारमा जे-जति संस्कृतवाङ्मय शास्त्र छ त्यो सबै नै व्यासको जूठो हो अर्थात् वाङ्मयका सम्पूर्ण क्षेत्रमा व्यासले कलम चलाउनुभएको छ । उहाँकै प्रसादबाट हामीले पनि केही सकेका हौं भनेर महाभारतमा भनिएको पनि छ ।
धर्मे चार्थे च कामे च
मोक्षे च भरतर्षभ
यदिहास्ति तदन्यत्र
यन्नेहास्तिन तत् क्वचित् ।। (महाभारत)
अर्थात् व्यासले रचना गरेको महाभारत ग्रन्थमा धर्म, अर्थ, काम र मोक्षसमेत चारै पुरुषार्थका कुरा उल्लेख छन् । जो यसमा छन् ती अन्यत्र छन्, जो यहाँ छैनन्, ती अन्यत्र पनि छैनन्, पाइँदैनन् भनिएको छ । त्यसैले ‘यदिहास्ति तदन्यत्र यन्नेहास्ति न तत् क्वचित् ।’ भन्ने कुराले सबै वाङ्मय व्यासको जुठो हो भन्ने सिद्ध हुन्छ । त्यसैले हाम्रो समाजमा व्यासको ठूलो महत्व रहेको हुँदा सकल वाङ्मय जगत्का गुरु रूपमा रहेका व्यासको स्मरण, सम्मान र पूजन गर्नु आजका समयमा पनि उत्तिकै सान्दर्भिक भएकाले उहाँको सम्मान एवं पूजा गर्नु हामी सबैको कर्तव्य हुन आउँछ । ॐ व्यासाय नमः ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच