✍️ टंकप्रसाद गैह्रे
गुरु पूर्णिमालाई ज्ञान, चेतना, शक्ति, सामथ्र्यका रूपमा भन्दा पनि आज मनाइएको परम्पराले औपचारिकतामात्र प्रदान गरेको छ । गुुरु ज्ञान, कर्म, धैर्य र ध्यानको समन्वय हो । गुरु शब्दलाई अन्धकारमा रुमल्लिएकालाई ज्ञानरूपी उज्यालो आत्मिक चेतना दिने शक्तिका रूपमा बुझिन्छ । प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमाका रूपमा मनाउने गरिन्छ । आषाढ शुक्ल पक्षका रात आकाशमा अन्धकार नभई पूर्ण चन्द्र हुने भएकाले उज्यालो रात हुने यस दिनलाई पूर्णिमा भनिन्छ । पूर्णिमाका दिन वेद, पुराण, महाभारतका रचयिता कृष्ण द्घैपायन् वेदव्यासको पनि जन्म भएकाले यस तिथिलाई व्यास पूर्णिमा पनि भनिन्छ । वाल्मीकि ऋषिको जयन्ति पनि गुरु पूर्णिमा कै दिन मनाउने गरिन्छ ।
हिन्दु, जैन, बुद्घिष्ट, शिखहरूले गुरु पूर्णिमालाई भव्यताका साथ मनाउने गर्दछन् । शिवलाई प्रथम गुरुका रूपमा लिइन्छ भने विष्णु भगवान् द्वितीय गुरुका रूपमा लिइन्छ । विष्णु भगवानका अंश कृष्ण दैपायन हुन । बह्रमा, विष्णु, महेश्वरनै सृष्टिका रचयिता भएकाले सृष्टिकर्ता सरह गुरुहरूको स्थान मानिन्छ । पवित्र र पावन भगवानरूपी गुरुहरू तिरस्काररूपी हुनुका अवयवहरू के-के हुन ? अहिलेको वर्तमान समयमा गुरुको महत्व र गरिमाको ओझ-ओझलमा किन के कारणले परेको छ । किन के कारणले गर्दा गुरुको गुरुत्वाकर्षण घटिरहेको छ । अर्थ रूपी समाजमा ज्ञानरूपी गुरुप्राप्त गर्न किन कठिन देखिएको छ । बजारमा स्वघोषित गुरुको उपमा दिएर जसलाई सम्मान गर्दा पनि गुरु भनेर बोलाउने परिपाटी समाजमा व्याप्त के कारणले भैरहेको छ ।
अहिलेको समयमा गुरुलाई मान सम्मान भन्दापनि अपमान र तिरस्कार गर्ने चलनले गर्दा पनि समाजमा छलकपट, लुटपाट, भष्ट्रचार बढिरहेको छ । समाजमा व्याप्त विकृति र विसंगति हटाउन असल गुरु र असल शिष्य हुन आवश्यक रहेको छ । गुरु र शिष्यको सम्बन्धको परम्परा हराउनु, एक दिनमात्र गुरुको महत्व दर्शिनुका अवयवहरूका कारणले सामाजिक विकृति बढिरहेको छ । गुरुमा गुरुत्व नभएर नै समाज विकृत बनेको हो । वर्तमान समयका गुरुहरूमा गुरुत्व घटनु, एक दिनमात्रै गुरुको चर्चा उपचर्चा गर्नाले के वास्तविक गुरु कृपा हुन्छ विश्वविद्यालय, विद्यालयले यस्तै परम्परालाई निरन्तरता दिनु गुरु पूर्णिमाको सन्देश हो ।
अवश्य पनि गुरु शिष्य परम्परा सदाका लागि हुनुपर्दछ । गुरुभित्र रहेका स्वार्थी, लोभी, लालची, माया, मोहका विषयवस्तुहरू हराउँदै ज्ञान भाव प्रकट भएमा एक दिन समाजमा देखिएको विकृति र विसंगति हटेर सभ्य समाज अवश्य निर्माण हुनेछ । गुरु ज्ञान र कर्ममा भन्दा पनि अर्थमा लिप्त भएकाले भष्ट्रचारी प्रवृति वृद्घि भएको हो । चेतना र विवेकको अभ्यास कमीले गुरुत्व घटेको हो । केही निजी लगानीमा मुनाफा आर्जन गर्ने संघसंस्थाका कारणले गुरुमा घटेको छ । समय सन्दर्भ अनुसारको गुरुहरूको प्राविधिक ज्ञानको कमीका कारणले महिमा कम रहेको हो । गुरुहरूलाई प्राचीन मूल्य र मान्यता पालना गर्दा नयाँ आधुनिकता अहिलेको आधारभूत समाजको आवश्यकतासमेत बोध नहुनुले गुरुहरू ओझेलमा परेका हुन् । चेतनाको दुनियाँमा, प्रविधिको संसारमा अहिलेका शिक्षार्थीहरूमा अनुशासन, नैतिकता, इमानदारीता, असलनियत, सदाचार हुनु आवश्यक रहेको छ पूूर्वीय ज्ञान, पाश्चात्य शैलीको अनुशरण गर्ने शैलीमा परिमार्जन गर्न आवश्यक देखिन्छ ।
गुरुमा हुने शिक्षा र साधनाको कमीका कारण पनि महत्व कम भएको हो । धर्मका नाममा देखिएका विकृति र विसंगति हटाउँदै ज्ञानको संसार फिजाउन अहिलेको आवश्यकता देखिन्छ । अहिलेको विज्ञान र प्रविधिको युगमा समय सन्दर्भ अनुसारको कर्म र ज्ञानको समायोजन गुरुहरूले गर्ने पर्दछ ।
गुरुबहृमा, गुरुविष्णु, गुरुदेवो महेश्वर
गुरु साक्षात पर बह्रमा तस्मै श्री गुरवे नमः
ध्यानमूलम गुरुमुर्ति, पूजामुलम गुरो पदम
मन्त्रमूल गुरोर्वाक्य मोक्षमूल गुरोः कृपा ।
गुरुलाई बहृमा, विष्णु, महेश्वरका साक्षात् रूपमा मानिएको छ । भक्ति, मुक्ति र ऐश्वर्य प्रदान गर्ने व्यतिmत्व नै गुरु हो । ध्यान, ज्ञान, धैर्य र कर्मको साधनाको देन गुरु हो । अभिभावकले जीवन दिए भने गुरुहरूले नै बाँच्न सिकाउने ज्ञान दिनुभएको छ । मानवता, इमानदारीता, सद्विचार, सदाचार, सद्ज्ञान, सदमार्ग, सद्चरित्र देखाउने व्यक्ति नै गुरु हो । शास्त्रहरूमा विद्या गुरुणाम् गुरु भनेर विद्यालाई नै गुरु मानेको छ । वास्तवमा गुरु भनेको ज्ञान नै हो । पतिरेको गुरुस्त्रीणाम, अमोक्षो धर्मविवाहानाम भनेर पतिलाई नै पत्नीहरूको गुरुका रूपमा लिएको पाइन्छ । वेदका रचयिता वेदव्यासकालीन समयबाटै गुरु शिष्यपरम्परा स्थापित भएको हो ।
गकार सिद्घिद् प्रोक्तो रेफो पापस्य हारक
उकारो विष्णुरव्यक्क्त प्रीतयात्मा गुरुः पर : ।
अन्धकारबाट हटाई ज्ञान रूपी उज्यालो दिने व्यक्ति नै गुरुको दर्जामा उभिन सक्छन् । वर्तमान समयमा समाजलाई देखावटी गुरुभन्दा पनि ज्ञान, ध्यान, धैर्य, कर्म सिकाउने गुरुको आवश्यकता रहेको छ । पूर्वीय र पाश्चात्य समाजमा गुरु पादरी, पोपहरूलेराज्य सञ्चालन गर्ने परम्पराबाट नै राजनीतिको सुरुवात भएको हो । अहिले गुरुहरूको हातबाट राज्य सञ्चालन नहुँदा समाजमा विकृति र विसंगति बढिरहेको छ । आडम्बरी, लोभी, लालची, काम, कोध्र, मायामोह गुरु गुण होइन । गुरुहरू सरल, सादगी, भक्ति, मुक्ति, ऐश्वर्य, ज्ञान, ध्यान, धैर्य र कर्म सिकाउने भएमा समाजमा देखिएका विकृत परम्परा आफैं विनाश भएर जान्छन् । नत्र एकदिन मनाइने गुरु पुर्णिमा कर्मकाण्डीमात्र हुन्छ । वालिङ, १३ स्याङ्जा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच