काठमाडौं । जनता समाजवादी पार्टीका नेता वीरेन्द्रप्रसाद महतोले मुलुकमा भ्रष्टाचार र अनियमितताले जरो गाडेको र जनताले सहज रूपमा सेवा नपाउने अवस्था रहेकाले त्यसमा तत्काल सुधार जरूरी रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता महतोले आफूले हिजो शिक्षा मन्त्रालय अन्तर्गत पर्ने सानोठिमीमा काम गराउनको लागि ५ हजार घुस दिनु परेको दुखेसो सुनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘म भूपू मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु। कसले पत्याउने त्यो कुरा। पत्याउनुहुन्छ। मेरो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो मैले ११ बजे पठाएको तीन बजेसम्म गर्दिएनन्, यो मिलेन त्यो मिलेन भन्छन्, हेर्दा सबै कागज मिलेको छ म आफैँ गए एउटा अधिकृतले यो कागज मिलेको छैन भन्यो। मिलेन भन्छन्, मेरो चिया खाने टाइम भयो भनेर जानुभयो। चार बजेसम्म कुरे आएनन्, त्यो बिचौलियालाई गएर पाँच हजार रुपैयाँ दिए, म बसिरहे, ५ मिनेटमा काम गरेर ल्याए।
प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा माग लिनुहुँदै महतोले भ्रष्टाचारको जरो चौतर्फी रूपमा फैलिइरहेकाले त्यसलाई नियन्त्रणका लागि सबै राजनीतिक दल एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टी र आफ्नो स्वार्थभन्दा माथि उठेर मुलुकको समस्या समाधानका लागि सबैपक्षको साझा सहमतिमा जोड दिनुभयो । मुलुक र जनताको चाहनाअनुसार संविधान संशोधन गर्नुपर्नेमा भन्नुहुँदै उहाँले प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा राख्नुभएको विचारको पक्षमा रहेको धारणा राख्नुभयो ।
सांसद महतोले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जानकारी दिनुहुँदै जनतालाई चाहिने न्यूनतम आवश्यकता सम्बोधन गर्न सरकार कटिबद्ध हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले राम्रो काम गर्नेमा आफू र आफ्नो पार्टी आशावादी रहेको पनि नेता महतोले उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच